
बागलुङमा ५१ जनासहित गण्डकी प्रदेशमा ९७ जनामा कोरोना पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङमा ५१ जना, कास्कीमा ३० जना, गोरखामा ७ जना, नवलपरासीमा ६ जना र लमजुङमा ३ जना गरी ९७ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका संयोजक विनोदविन्दु शर्माले जानकारी दिए ।
शर्माका अनुसार गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ५ हजार २ सय ८४ पुगेकाे छ ।
संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको बताइएको छ ।