४ श्रावण २०८३, सोमबार

 

शिवम् सिमेन्टद्वारा २४.२१ प्रतिशत लाभांश घोषणा

शिवम् सिमेन्टसले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले करसहित २४.२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

यसर्थ, कम्पनीले नगदमा १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ खर्च गर्नेछ । यो लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । गत वर्ष कम्पनीले १५.७८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung