२९ बैशाख २०८२, सोमबार

 

२४ घण्टामा २९४२ मा संक्रमण, ५ जनाको परीक्षण गर्दा एक जनामा कोरोना

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९४२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार संक्रमण पुष्टि भएकामध्ये अधिकांश काठमाडौं उपत्यकाका रहेको छन् ।

काठमाडौं उपत्यकामा मात्रै १ हजार ६९८ मा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। जसमध्ये काठमाडौंमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना नयाँ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतवार १४ हजार ८ सय ७५ लाई पीसीआर गरिएको थियो। पछिल्लो २४ घण्टामा औषतमा ५ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको छ।

हालसम्म सक्रिय संक्रमित संख्या ३९ हजार ३ सय ४१ छ। जम्मा संक्रमित संख्या १ लाख ३२ हजार २ सय ४ ४६ रहेको गौतमले बताए।

२ हजार ३ सय २६ जना आज डिस्चार्ज भएसँगै नेपालमा संक्रमण ठिक हुनेको संख्या ९२ हजार १ सय ६६ रहेको छ । आइतवार १२ जनाको संक्रमबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुनेको संख्या ७३९ छ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung