४ श्रावण २०८३, सोमबार

 

अन्तिम दिन ४ दशमलव ४७ प्रतिशतले घट्यो सेयर बजार, सबैभन्दा बढी कमाउनेमा सानिमा जनरल इन्स्योरेन्स

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ४.४७ अंकले घटेको छ । उक्त दिन २ अर्ब ८४ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

२ सय कम्पनी कारोबारमा आएकामा होटल, जलविद्युत्, विकास बैंक, जीवन बीमा समूहको सेयर बढेको छ । सबैभन्दा बढी जलविद्युत् समूहको सेयर १३.९३ अंकले बढेको छ ।

यता विकास बैंकको ५.५ र होटल समूहको ४.८६ अंकले बढेको छ । अरू समूहमा भने गिरावट आएको छ । ट्रेडिङ समूह १९.०३ अंकले घटेको छ ।

निर्जीवन बिमा कम्पनी, बैंकिङ समूह, लघुवित्तलगायत समूहमा गिरावट आएको छ । सबैभन्दा बढी कमाउनेमा सानिमा जनरल इन्स्योरेन्स छ भने दोस्रोमा रैराङ जलविद्युत् कम्पनी छ ।

खरिदबिक्री रकममा प्राइम बैंक अगाडि छ । उक्त बैंकको २० करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा अरुण काबेली हाइड्रोपावर र तेस्रोमा एभरेस्ट बैंक परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung