सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १० दशवलव ५२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ५ दशमलव ५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । आर्थिक वर्ष २०७५,०७६ को नाफाबाट यो लाभांश दिन लागिएको कम्पनीले जनाएको छ ।
प्रस्तावित लाभांश नियामक बिमा समिति र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् । कम्पनीले सेयरधनीहरूलाई २२ करोड ६८ लाख रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।













































































































































































































