सिटिजन्स बैंक प्रतिसेयर उच्च आम्दानी गर्ने छैटौं बैंक बनेको छ । पहिलो त्रैमासको विवरणअनुसार सिटिजन्सले ग्लोबल आईएमई बैंकलाई पनि अर्निङ पर सेयर ईपीएसमा पछि पारेको छ । सिटिजन्सको ईपीएस २२ दशमलव ६९ प्रतिशत छ भने ग्लोबल आईएमई बैंकको २२ दशमलव ३२ प्रतिशत छ ।
बैंकहरूको रिपोर्ट हेर्दा सबैभन्दा बढी ईपीएस एनआईसी एसिया बैंकको ४२ दशमलव १४ प्रतिशत छ । त्यसपछि नबिल बैंकको ४१ दशमलव ३ प्रतिशत ईपीएस छ ।
त्यसै गरी प्रभु बैंकको पनि ईपीएस ३२ दशवमल ९६ प्रतिशत छ । राष्ट्रिय वाणिज्य बैंकको २७ दशमलव ७१ प्रतिशत, नेपाल बंगलादेश बैंकको २६ दशमलव ८९ प्रतिशत छ । ग्लोबल आईएमईको २२ दशमलव ३२ प्रतिशत ईपीएस छ ।
सबैभन्दा कम ईपीएस सिभिल बैंकको छ । कुनै सयम एकदमै कमजोर रहेको सिटिजन्सले हिमालयन, नेपाल इन्भेस्टमेन्ट, स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास बैंक, सनराइज, एनएमबी, लक्ष्मी, एभरेस्ट, सानिमालगायत बैंकलाई धेरै पछि पारेको छ ।













































































































































































































