४ जेष्ठ २०८१, शुक्रबार

 

महासंघ निर्वाचन : ढकाल प्यानलबाट प्रदेश १ र द्विराष्ट्रिय कोटाका दुई केन्द्रीय सदस्य सर्वसम्मत

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवार सर्वसम्मत चयन भएका छन् । प्रदेश १ का तर्फबाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट सन्दीप अग्रवाल सर्वसम्मत चयन भएका हुन् ।

सातै प्रदेशका तर्फबाट एकरएकवटा कोटा केन्द्रीय सदस्यका लागि छुट्याइएको हुन्छ । जसमा प्रदेश १ बाट राउत सर्वसम्मत चयन भएका हुन् । उनी महासंघको प्रदेश १ कमिटीका उपाध्यक्षसमेत हुन् ।

द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट पनि एक जनाको मात्रै उम्मेदवारी परेपछि अग्रवाल चयन भएको महासंघ निर्वाचन समितिले जनाएको छ ।

अग्रवाल नेपाल–इन्डोनेसिया उद्योग वाणिज्य संघका अध्यक्ष हुन् । उनीहरु दुवै जनाले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको समूहबाट उम्मेदवारी दिएका थिए । अन्य पदमा भने चुनाव हुनेछ । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्