प्राइम लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयर सदस्यलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद लाभांशसमेत गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । गत मंसिर १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
शेयरधनीले अव बीमा समितिको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात प्रस्तावित लाभांश पाउने छन् ।
















































































































































































