६ जेष्ठ २०८१, आईतवार

 

आइफोनमा गम्भीर त्रुटी, ह्याकरले सम्पूर्ण डेटा एक्सेस राख्न सक्ने

आइफोनमा एउटा गम्भीर त्रुटी फेला परेको छ । जसमार्फत ह्याकरले प्रयोगकर्ताको आईफोन प्रयोग नै नगरी उक्त फोनमा भएका सम्पूर्ण डेटामा एक्सेस राख्न सक्नेछन् । गुगलका अनुसन्धानकर्ताले आईफोनमा रहेको यस्तो त्रुटी पत्ता लगाएका हुन् ।

अध्ययन अनुसार प्रयोगकर्ताले आईफोनमा के गरिरहेको छ र फोनमा कस्ता सामग्री छन् भन्ने विषयमा सम्पूर्ण जानकारी ह्याकरले संकलन गर्न सक्छन् । आइफोन प्रयोगतर्काले कुनै शंकास्पद लिंक तथा माल्वेयर डाउनलोड नगर्दा पनि यस्तो एक्सेस ह्याकरले लिन सक्नेछन् ।

माल्वेयरको हकमा ह्याकरले उक्त आइफोन प्रयोगकर्ताको ईमेल अथवा कुनै एपमा एक्सेस राख्नुपर्ने हुन्थ्यो । तर, पछिल्लो अध्ययनमा ह्याकरले वाईफाइ नेटवर्कमार्फत नै आईफोन एक्सेस पाइरहेको उल्लेख गरिएको छ ।

ह्याकरका लागि निश्चित आईफोन ह्याक गर्न समान वाईफाई रेञ्जमा जानुपर्ने हुन्छ । यसको अर्थ ह्याकर र आईफोन प्रयोगकर्ता एउटै वाईफाईबाट जोडिएको हुनुपर्ने भन्ने होइन । ह्याकर यदि आईफोन प्रयोगतर्काले प्रयोग गरिरहेको वाईफाई नेटवर्कको रेञ्जभित्रै छ भने उसले आईफोन प्रयोगकर्तालाई निगरानी गर्न सक्नेछ ।

साथै उसको फोनमा भएका डेटामा सहजै एक्सेस प्राप्त गर्न सक्नेछ । यो विषयमा पुरा जानकारी सहित गुगल प्रोजेक्ट जिरोका अनुसन्धानकर्ता आयन बियरले ब्लग नै लेखेका छन् । -टेकपाना

प्रतिक्रिया दिनुहोस्