२१ भाद्र २०८३, आईतवार

 

ह्वातै बढ्यो ग्रिलजन्य फलामको भाउ, ग्रिल उद्योग संकटमा

ग्रिलजन्य फलामको मुल्य बढेको व्यवसायीहरुले बताएका छन् । ग्रिन तथा स्टिल व्यवसायी महासंघ नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ग्रिलजन्य फलामहरुको मुल्य अस्वभाविक रुपमा बढेको बताएका हुन् ।

कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले कोरोनाको त्रासका कारण लामो समय सम्म व्यवसाय बन्द भए पछि मारमा परेका व्यवसायीहरु झनै ग्रिलजन्य सामग्री मूल्य अनियन्त्रित रुपा वृद्धि हुँदा ग्रिल उद्योग बन्द गर्ने स्थितिमा पुगेको बताएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मुल्यमा भएको वृद्धि भन्न नेपाली बजारमा दोब्बर मुल्य वृद्धि भएको बताइएको छ । यसबाट देशमा सञ्चालन भइरहेको ११ हजार बढि ग्रिल उद्योक बन्द हुने जोखिममा रहेको बताइएको छ ।

जस कारण करिब १ लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख मानिसको रोजगारी गुम्ने आशंका गरिएको छ । पछिल्लो २ महिनामा मात्र ग्रिलजन्य फलामको मुल्यमा ६० प्रतिशत वृद्धि भएको व्यावसायीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung