२३ बैशाख २०८१, आईतवार

 

बैैंक अफ काठमान्डूका ग्राहकले एल्लो प्यागोडा होटलमा १५ प्रतिशत छुट पाउने

बैंक अफ काठमान्डूका ग्राहकले एल्लो प्यागोडा होटलमा १५ प्रतिशत छुट पाउने भएका छन्।बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङको माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट र ३५ सयमा होटलको कोठा दिइने गरी सम्झौता भएको हो ।

उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र एल्लो प्यगोडा होटलको प्रबन्धक अर्जुन केसीले हस्ताक्षर गरे । बैंकको ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर छन्।

होटलमा आउने ग्राहक र पर्यटकहरुलाई अझ प्रभावकारी सुविधा दिनको लागि बैंक अफ काठमाण्डुसँग सहकार्य गर्न लागेका होटल एल्लो प्यागोडाका प्रबन्ध निर्देशक अनिल राजभण्डारीले नयाँ विश्वलाई बताए ।

प्रतिक्रिया दिनुहोस्