आईएमई लाईफ धौलागिरि स्तरीय एजेन्सीले उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई सम्मान गरेको छ । गृहजिल्ला आएका बेला एजेन्सीले ढकाललाई सम्मान गरेको हो ।
कार्यक्रममा आईएमई ग्रुपका म्यानेजिङ डाइरेक्टर हेमराज ढकाल, आईएमई लाइफका कार्यकारी प्रमुख कवि फु्याल आईएमई लाइफबाट प्रदेश प्रमुख सुर्य प्रसाद घिमिरेको उपस्थिति रहेको थियो ।
कार्यक्रम धौलागिरिका एविएम शिव प्रसाद शर्माको अध्यक्षता कुश्मा शाखा प्रबन्धक गोविन्द रेग्मीको स्वागत र बागलुङ शाखाकी इन्द्रा शर्माको सञ्चालन रहेको थियो ।
सोही कार्यक्रममा ५० जना एजेन्सी म्यानेजर, २५ जना अभिकर्ता, टप विजनेस र टप टिम लिडर विद्यामा उत्कृष्ठ हुनहरुलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा मोटिभेसनल टेनिङ अन्तिम गुरुङ र ममतादेवि शर्मा दिएका थिए । कार्यक्रममा एजेन्सी म्यानेजर सञ्जु वस्वाल, जीवन काउचा थापाले शुभकामना मतन्वय राखेका थिए ।













































































































































































































