१७ बैशाख २०८१, सोमबार

 

‘आफूले गर्ने काममा मजा आयो भने मात्र सफल भइन्छ’

म १२ वर्षकै उमेरदेखि व्यवसायमा लागेँ । गोठमा हाम्रो किराना पसल थियो । त्यहाँ बागलुङको वडा नम्बर ४, ५, ६ र म्याग्दीको केही ठाउँका ग्राहक आउँथे । सानै उमेरदेखि मलाई पसलमा कस्ता सामान राख्नुपर्छ, कसरी नाफा हुन्ने भन्ने थाहा भयो । पसलको टाँडी कसरी सजाउँदा राम्रो हुन्छ भन्नेतिर मेरो ध्यान हुन्थ्यो ।

बुबाको पछि लागेर होलसेल पसलमा पनि जान्थेँ । अरूका कुरा राम्ररी सुन्ने र चित्त नबुझेको कुरा भन्ने मेरो बानी थियो । यो स्वभावले ममा राजनीतिक चेत पनि विकास गरिदिएको ठान्छु ।

कक्षा ४ मा अध्ययन गर्दा म प्रथम भएँ । राजाको जन्मोत्सवको कार्यक्रममा विद्यालयबाट सहभागी हुन्थेँ । धोबी मावि, रातमाटाबाट कक्षा ५ सकेर ६ कक्षा अध्ययनका लागि अर्को विद्यालय गएँ ।

त्यहाँ पढ्न गएपछि राति आगो बालेको, कालो झन्डा प्रदर्शन गरिएका दृश्यहरू देख्थेँ । रूखमा हँसिया–हथौंडा, रूख भएको झन्डा गाडिन्थे । प्रहरीले तिनलाई निकाल्दै फाल्थ्यो ।

०४६ सालमा प्रजातन्त्र आयो । म विद्यालय जाने बाटोमा नेपाली कांग्रेसको पार्टी कार्यालय थियो । टाठो केटो देखेर मलाई नेविसंघ विद्यालय समितिको अध्यक्षको जिम्मेवारी दिइयो । त्यहीँबाट मेरो राजनीतिक यात्रा सुरु भयो ।

म साथीहरूलाई नेविसंघको रसिद कटाउँथेँ । यो थाहा पाएपछि अखिलका साथीहरूले जंगलमा लगेर मलाई कुटे । रसिद च्यातिदिए । त्यसरी कुट्नेमा मेरै साथीहरू पनि हुन्थे ।

हाम्रो समाजमा धनी मान्छेले काम गर्न हुँदैन भन्ने सोच छ । अन्य देशका प्रधानमन्त्री काम गर्न लजाउँदैनन्, हाम्रोमा लजाउने अवस्था छ । प्रधानमन्त्री र राज्यका उपल्लो तहका व्यक्तिहरू पनि उसै गरी काममा खटिए अरूलाई कति प्रोत्साहन हुन्थ्यो ! कति राम्रो सन्देश जान्थ्यो !

उनीहरूले मेरा साथीलाई काँक्रो, चिया, खाजा खुवाउने गर्दा रहेछन् । तर मसँग पैसा थिएन । त्यसपछि दैनिक पसलबाट १० रुपैयाँ चोरेर साथीहरूलाई खाजा खुवाउँदै संगठन विस्तार गर्न थालेँ । हाम्रो पालामा विद्यालयमा धेरै नै राजनीति हुन्थ्यो ।

२०४९ सालमा एसएलसी दिएर महेन्द्र बहुमुखी क्याम्पसमा आएँ । सानैदेखि नेविसंघमा रहेर काम गरेको अनुभवले गर्दा त्यहाँ हुने कुनै कार्यक्रम छुटाइनँ । शिक्षकले पढाउँदै गर्दा म झ्यालबाट फाल हानेर नेविसंघको कार्यक्रममा जान्थेँ ।

२०५१ सालमा गंगाधर शर्मालाई त्यहाँको स्ववियु सभापति र मलाई उपसभापति बनाउने सहमति भयो । चुनावमा हामीले जित हासिल ग¥यौं । ०५३ सालमा निर्वाचन भएन ।

२०५५ मा म सभापतिको दाबेदार थिएँ । त्यति बेला ११ सिटमध्ये सभापति र दुई सदस्य हामीले जित्यौं । विद्यालय र विद्यार्थीका लागि धेरै काम गरँे । नेपाल विद्यार्थी संघको जिल्ला सचिव हुँदै केन्द्रीय सदस्य भएँ ।

विद्यार्थी राजनीतिसँगै विस्तारै उद्योग–वाणिज्यतिर पनि लागेँ । त्यसमा १८ वर्ष काम गर्दा उद्योग वाणिज्य संघको कोषाध्यक्ष, महासचिव हुँदै दुई कार्यकाल अध्यक्ष पनि चलाएँ ।

व्यवसाय पनि अघि बढ्दै थियो । हाम्रो ब्लक उद्योग थियो । साझेदारीमा बोर्डिङ स्कुल पनि खोल्यौं । जुन अहिले बागलुङ बजारकै प्रतिष्ठित स्कुलका रूपमा स्थापित भएको छ ।

१२ जनाको टिमले दामभन्दा पनि नामका लागि स्कुल खोलेका थियाँै । हाम्रो टिमले रेड एप्पल होटल पनि सञ्चालन गरेको थियो । तीन वर्षपछि मैले त्यो पनि आफैं किनेँ ।

व्यवसायसँगै २०४९ सालदेखि नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि एवम् जिल्ला कार्यसमिति सदस्यका रूपमा काम गरिरहेको छु । स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकाको मेयर पदमा कांग्रेसका तर्फबाट उम्मेदवारी दिएको थिएँ ।

तर केही मतले पराजित हुन पुगेँ । त्यसो त चुनाव जितेको भए अहिले रेड एप्पल होटल हुने थिएन । यस ठाउँको पर्यटन विकासका लागि यो होटल चलाइरहेको छु ।

रेड एप्पलको कुरा गर्दा मुस्ताङ जाने पर्यटकलाई प्राथमिकतामा राखेर यसको नामकरण गरिएको हो । मुस्ताङको खास पहिचान त्यहाँको स्याउखेती हो । त्यही पहिचान झल्काउने गरी यो नाम राखेको हुँ जुन सम्झन पनि सजिलो छ ।

राजनीति, व्यवसाय र समाजसेवा
कुनै पनि कुरामा सफलताका लागि सबैभन्दा ठूलो पक्ष भनेको इच्छाशक्ति र घरपरिवारको सपोर्ट हो । पहिले त पैसा कमाउने र नकमाउने भन्दा पनि मान्छेलाई आफ्नो काममा मजा आउन प¥यो ।

मैले धेरै संस्थाको अध्यक्ष भएर काम गरिसकेँ । त्यहाँबाट के सिकेँ भने नयाँ र जोखिमपूर्ण काम गर्नुपर्छ अनि टिममा गर्नुपर्छ । प्रत्येक गाउँ आत्मनिर्भर बनाउनुपर्छ । तब बल्ल नेपालको विसकास हुन्छ ।

हाम्रो कृषि परम्परावादी छ । अहिले हाम्रा खेतीयोग्य जमिन बाँझो भएर फालिएका छन् । कुन जमिनमा कुन खेती हुन्छ भन्ने अध्ययन गरी जनतालाई त्यतातिर केन्द्रित गराउने काम राज्यको हुनुपर्छ ।

बागलुङको कुरा गर्दा ताराखोला गाउँपालिकामा सामान लिएर गएको गाडी फर्किंदा पनि रित्तो हुँदैन । अन्य पालिकामा भने यसरी गएका गाडी रित्तै फर्कनुपर्ने अवस्था छ । यसो हुन नदिन राज्यले पालिकाहरूलाई हेर्नुपर्छ ।

मान्छेले आफ्नो कामप्रति गर्व र दायित्वबोध गर्न सके मात्र विकास हुन्छ । हाम्रो समाजमा धनी मान्छेले काम गर्न हुँदैन भन्ने सोच छ । अन्य देशका प्रधानमन्त्री काम गर्न लजाउँदैनन्, हाम्रोमा लजाउने अवस्था छ । प्रधानमन्त्री र राज्यका उपल्लो तहका व्यक्तिहरू पनि उसै गरी काममा खटिए अरूलाई कति प्रोत्साहन हुन्थ्यो ! कति राम्रो सन्देश जान्थ्यो !

हाम्रो देशलाई तीन कुराले बिगारेको छ– र्ईष्र्या–नीति, शिक्षा–नीति र राजनीतिले । ईष्र्या–नीति भनेको अरूको ईष्र्या गर्ने, शिक्षा–नीति भनेको उच्च शिक्षासम्म पढ र पासपोर्टमा भिसा हान भन्ने नीति छ । राजनीति भनेको खुट्टा तान्ने र देशलाई कसरी हुन्छ गरिब बनाउने भन्ने छ । यी नीतिकै कारण देशका धेरै युवा बाहिर छन् । एक करोड युवा विदेशमा, एक करोड अशक्त र बच्चा अनि एक करोड जनता भोटर छन् । यिनैले चुनेका नेता देशको राजनीतिमा छन् ।

पैसा भएका मान्छेहरूले विकास हुने काममा लगानी गर्नुपर्छ । बैंकले पनि पैसा जम्मा गरेर राख्नुभन्दा सस्तो ब्याजदरमा लगानी गर्दा त्यसको प्रतिफल राम्रो आउँछ । अर्थतन्त्रलाई चलायमान् बनाउँदा राज्यसँगै लगानीकर्तालाई पनि नाफा हुन्छ ।

लगानी गर्ने विभिन्न सेक्टर छन् । होटल, केबुलकारजस्ता उद्योगमा लगानी गरेर रोजगारी सिर्जना गर्न सकिन्छ । विश्वमा नयाँ आविष्कार भएका छन्, त्यसैअनुसार हामीले लागनी गर्नुपर्छ ।

हाम्रा छिमेकी राष्ट्रहरू बलिया र विशाल छन् । हाम्रो देश सानो छ । उनीहरूभन्दा छिटो विकासमा फड्को मार्नुपर्ने हो । तर राजनीतिक खिचातानीले हामी पछाडि परेका छौं ।

कुनै नयाँ कामको थालनी भए अवरोध गर्नु हाम्रो परम्परा बनेको छ । बिजुली र सञ्चार क्षेत्रमा भने हाम्रो देशले फड्को मारेको छ । तर त्यसअनुसार पूर्वधार विकासले फड्को मारेन । खानीहरू प्रशस्त छन् ।

बागलुङकै कुरा गर्दा तामाखानी, फलामखानी सिसाखानी छन् तर उत्खनन नै रोकिएको छ । जस्तै, तित्याङमा तामाखानी छ । त्यहाँको अनुसन्धानका लागि चाइनिज कम्पनी आएको छ । तर स्थानीयलाई त्यहाँ के–कस्ता धातु पाइन्छन् भन्ने थाहा छैन ।

हाम्रो देशलाई तीन कुराले बिगारेको छ– र्ईष्र्या–नीति, शिक्षा–नीति र राजनीतिले । ईष्र्या–नीति भनेको अरूको ईष्र्या गर्ने, शिक्षा–नीति भनेको उच्च शिक्षासम्म पढ र पासपोर्टमा भिसा हान भन्ने नीति छ ।

राजनीति भनेको खुट्टा तान्ने र देशलाई कसरी हुन्छ गरिब बनाउने भन्ने छ । यी नीतिकै कारण देशका धेरै युवा बाहिर छन् । एक करोड युवा विदेशमा, एक करोड अशक्त र बच्चा अनि एक करोड जनता भोटर छन् । यिनैले चुनेका नेता देशको राजनीतिमा छन् ।

सफल व्यवसायी कसरी बन्ने ?
– सबैभन्दा पहिलो कुरा मेहनत हो । व्यवसायमा उतारचढाब आउँछन् । त्यसबाट आत्तिन भएन । सफल व्यवसाय बन्न कर्म र लगनशीलता सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।

– व्यवसायमा हात हाल्नुपूर्व आफ्नो आर्थिक हैसियत विचार गर्नुपर्छ । हैसियतभन्दा माथिको काम आँटेर सोचेजस्तो सफलता हात पार्न सकिएन भने आफ्नो जायजेथा समेत डुब्ने र थप ऋणको भार आइलाग्ने सम्भावना रहन्छ । त्यस कारण एकैपटक ठूलो लगानी गर्नेभन्दा सानोबाट सुरु गरेर बढाउँदै लैजानु उपयुक्त हुन्छ ।

– कुनै पनि कामको योजना बनाउँदा सुरुमै विचार पु¥याउनुपर्ने हुन्छ । अरू कुरामा भन्दा व्यवसायमा अझ बढी जोखिम हुने हुँदा बजारलगायत कुराको ख्याल गर्नुुपर्ने हुन्छ । कहिलेकाहीँ पुराना काममा असफल हुनेबित्तिकै सोच–विचार नपु¥याई नयाँ काममा हाम फाल्ने पनि गरिहाल्न हुँदैन ।

– रुचिबाहिरको काममा हात हाल्यो भने बीचैमा नैराश्य उत्पन्न हुन सक्छ । मानसिक रूपले पनि तयार भइँदैन । कामले गति नलिने सम्भावना रहन्छ । त्यस कारण अरूको बहकावमा लागेर, राम्रोसँग नबुझी काममा हात हाल्न हुँदैन ।

– आफ्ना व्यवसायसँग सम्बन्धित सानातिना कुराको जानकारी राख्न सक्नुपर्छ । यसले व्यवसायको रथ हाँक्न सजिलो हुन्छ । यस्ता कुरामा अरूको भर पर्दा डुबाउन सक्छन् ।

– घाँटी हेरी हाड निल्नू भन्ने उखान नै छ । आम्दानीभन्दा खर्च धेर भइरहेको हुन सक्छ । व्यवसायीले यतातर्फ ध्यान दिनै पर्छ । सुरुमै अनुत्पादक क्षेत्रमा हुने खर्चले कम्पनीको भविष्यसमेत धरापमा पार्ने सम्भावना हुन्छ ।

– व्यवसायमा ग्राहक सधैं महत्त्वपूर्ण हुन्छ । आफ्ना ग्राहक को हुन् भनेर चिन्न सक्नुपर्छ । उनीहरूका आवश्यकता सम्बोधन गर्न सके मात्र व्यवसायमा सफलता हात पार्न सकिन्छ । ग्राहकको रुचि एकातिर, मालिकको अर्कातर्फ भयो भने व्यवसाय धरापमा पर्छ । आफ्नो उत्पादन र ग्राहकको रुचि मेल खानैपर्छ ।

– हरेक कुराको सफलतामा सम्बन्धले अहम् भूमिका खेलेको हुन्छ । सम्बन्ध विस्तार नहुँदा, राम्रो नबन्दा बजारलगायत क्षेत्रमा प्रत्यक्ष असर पर्छ । त्यसैले मालिक आफैंले गर्न नसक्ने काममा सहयोगी राखेर पनि काम लिन सकिन्छ ।

– सफल व्यवसायी बन्न आफ्नो कम्पनीमा कार्यरत साना–ठूला सबै कर्मचारीको मन जित्ने प्रयास गर्नुपर्छ । कर्मचारीलाई समान व्यवहार गर्नुपर्छ । उनीहरूको समस्याबारे पनि सुझाव संकलन गर्नुपर्छ । सबैको सामूहिक प्रयासले मात्र सफलता हात लाग्छ ।

( श्रेष्ठ बागलुङका कांग्रेस जिल्ला समिति सदस्य,  बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र धौलागिरि बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका पूर्वसभापति हुन् । )

याे पनि 

हाम्रो पालामै सम्भव छ विकसित र सुन्दर बागलुङ नगर

प्रतिक्रिया दिनुहोस्