नेपाल इन्फास्ट्रक्चर बैंकको प्राथमिक सेयर (आईपीओ) मा १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन परेको छ । कुल १५ लाख २९ हजार ४ सय ६० जनाले बैंकको आईपीओमा आवेदन दिएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
कम्पनीले माघ २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आईपीओ खुला गरेको हो । सर्वसाधारणले मागभन्दा २।३९ गुणा बढी आवेदन दिएको सीडीएसले जनाएको छ । सीडीएसका अनुसार नेपालमा कुल डिम्याट खाताको संख्या २६ लाख १० हजार ८६२ छ ।
बैंकले कुल ८ करोड कित्ता सेयरमध्ये ०।२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशतले हुने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सर्वसाधारणमा जारी गरेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।













































































































































































































