२० भाद्र २०८३, शनिबार

 

महासंघको निर्यात प्रवर्द्धन समितिमा थप पदाधिकारी चुनिए, सहसभापतिमा नरेशलाल श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य मनीषलाल प्रधानको सभापतित्वमा गठित निर्यात प्रवर्द्ध समिति थप विस्तार गरिएको छ ।

यसअनुसार समितिको सहसभापतिमा कार्यकारिणी समितिका सदस्य नरेशलाल श्रेष्ठ र वाग्मती प्रदेशका उपाध्यक्ष सविन श्रेष्ठ चुनिएका छन् ।

समितिका सदस्यमा नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका सचिव हेमन्तराज बोहरा, नेपाल पस्मिना उद्योग संघका महासचिव अजयसिंह कार्की, नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्य, नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष राजकुमार कार्की, नेपाल

ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष अमृत खड्का, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका उपाध्यक्ष समीरविक्रम शाह चुनिएका हुन् ।

यस्तै, विशेष आमन्त्रित सदस्यहरूमा बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, ललितपुर उद्योग वाणिज्य संघका कार्यकारिणी समिति सदस्य सविनलाल प्रधान, नारायणगोपाल श्रेष्ठ, गलैंचा व्यवसायी दावा शेर्पा, वीरगन्ज उद्योग वाणिज्य संघका

कार्यकारिणी समिति सदस्य सुशान्त चचान, नेपाल तयारी पोसाक उद्योग संघका महासचिव अशोक अग्रवाल, महिला उद्यमी महासंघ नेपालका रुक्मणीदेवी श्रेष्ठ, नेपाल रत्न तथा आभूषण संघका उपाध्यक्ष सुमन ताम्राकार छन् ।

महासंघका पूर्वकार्यकारिणी समिति सदस्य राजन शर्मा, नेपाल चिया उत्पादक संघका सल्लाहकार उदय चापागाईं, नेपाल हब्र्स एन्ड हर्बल संघका निवर्तमान अध्यक्ष गोविन्द घिमिरे समितिको सल्लाहकारमा चुनिएका छन् । समितिमा चुनिएका उद्यमी–व्यवसायीलाई महासंघका अध्यक्ष शेखर गोल्छाले औपचारिक पत्र हस्तान्तरण गरे ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले समितिले उद्यमी–व्यवसायीले निर्यातका क्रममा भोग्नुपरेका समस्याको पहिचान गर्दै समाधानतर्फ सरकारमा ठोस सुझाव दिन सक्रियतापूर्वक लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung