
पछिल्लो समय मेरो सेयर एप्लिकेसनबाटै सेयर भर्न सकिन्छ । प्राथमिक सेयर निष्कासन (आईपीओ) भर्नका लागि कतै जान पर्दैन् । मेरो सेयरमै कुन कम्पनीको आइपीओ खुलेको मोबाइलमा भएको मेरो सेयरको एप्लिकेसनबाट सिधै हेर्न र भर्न सकिन्छ ।
तर, त्यसरी मेरो सेयरबाट आईपीओ भर्दा बैंक तथा वित्तीय संस्थाले १ सय रुपैयाँदेखि निशुल्कसम्म गरेका छन् । कतिपय बैंकहरुले आफ्ना ग्राहकलाई सुविधा दिनका लागि तथा बैंकतर्फ आकर्षण बढाउनको लागि निःशुल्क सेवा उपलब्ध गराएका छन् । अहिले १४ वटा बैंकले निशुल्क आस्वा सेवा उपलब्ध गराउँदै आएका छन् ।