३ श्रावण २०८३, आईतवार

 

यी हुन् राजस्व चुहावट गर्ने १९ कम्पनी

- २४ लाख २५ हजार रुपैयाँ जरिवाना

भीसीटीएसमा (भेइकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ प्रणाली) विवरण नराखेको भन्दै १९ वटा कम्पनी कारबाहीमा परेका छन् । राजस्व अनुसन्धान विभागले माघ ७ गते काठमाडौ ढुङ्गेअड्डा र माघ ८ गते न्यूरोडमा अनुगमन गर्दा ती फर्मले भीसीटीएसमा विवरण प्रविष्ट नगरेको पाइपछि कारबाही गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

उनीहरुलाई राजस्व चुहावट अन्र्तगत २४ लाख २५ हजार रुपैयाँ जरिवाना गरिएको हो । कुनै पनि फर्म तथा संस्थाले व्यावसायकि प्रयोजनका लागि मालवस्तु ढुवानी गर्नुपूर्व सवारी साधनको संक्षिप्त विवरण भीसीटीएस प्रणालीमा प्रविष्ट गरेर क्यूआर कोड भएको भीसीटीएस मेनिफेस्टो र कागजात साथमा राख्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung