आइएमइ लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार कम्पनीको बागलुङ शाखाले बागलुङ नगरपालिका वडा नम्बर २ रुद्रेपीपलका बिमित मधु नेपालीको परिवारलाई बिमा योजना अन्तर्गतको दाबी भुक्तानी गरेको हो ।
आइएमइ लाईफ ईन्स्योरेन्सका गण्डकी प्रदेशका प्रमुख सूर्यप्रसाद घिमिरेले १० लाख ३० हजारको चेक हस्तान्तरण गरेका हुन् । ऐजेन्सी म्यानेजर ममता शर्माले १० लाखको जीवन बिमा गरेकी थिइन् ।
उनले बिमा बापतको प्रथम किस्ता ६६ हजार मात्र कम्पनीलाई बुझाएको थियो । कार्यक्रममा प्रदेश प्रमुख सूर्य प्रसाद घिमिरेले भने आइएमई लाईफले मानिसहरुको जोखिम रोक्न र भविष्यको आर्थिक जिवनलाई ध्यानको राखेर विभिन्न कार्याक्रमहरुको ल्याएको छ ।
कार्यक्रमा एरिया मेनेजर शिवप्रसाद शर्मा, सिनियर एजेन्सी मेनेजर जीवन काउचा थापा, मनिता खड्का, निर्मला शर्माले मन्तव्य व्यक्त गरेका थिए ।कार्याक्रमको संचालन बाग्लुङ शाखाका प्रमुख इन्द्रा शर्मा सापकोटा गरेकी थिइन ।













































































































































































































