नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबार ८० प्रतिशत कारोबार अनलाइनबाछ भएको बताएको छ । सूचक र कारोबार रकम दुबैले नयाँ रेकर्ड बनाए विज्ञप्ति जारी गर्दै नेप्सेले सबै लगानीकर्तालाई शुभकामना दिएको छ।
नेप्सेका अनुसार आजको कारोबारमा ५० हजार ९२३ जना लगानीकर्ता सहभागी थिए।
नेपाल स्टक एक्सचेञ्जमा आज १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो भने नेप्से सूचक ४८ अंक बढेर २५२४ विन्दुमा पुगेको छ। हालसम्म ३ लाख २७ हजार लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन्।














































































































































































































