३० बैशाख २०८२, मंगलवार

 

भगीरथी हत्या प्रकरण : गृहमन्त्री थापाले भने ‘निर्मलाको जस्तो हुँदैन’

गृहमन्त्री रामबहादुर थापाले बैतडीकी किशोरी भगीरथी भट्टको बलात्कारपछि हत्या गर्ने अपराधी छिट्टै नै पक्राउ पर्ने बताएका छन् । मंगलबार नेपाल विद्यार्थी संघले बलात्कारमा संलग्नलाई कारवाही गर्न माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै थापाले अपराधमा संलग्नलाई छिट्टै कारबाही हुने बताएका हुन् ।

गृहमन्त्री थापाले भट्टको केश निर्मला पन्तको जस्तो जटिल नभएको र सुरक्षा संयन्त्र लागि परेकोले दोषी पत्ता लाग्ने आश्वासन दिए ।

‘राज्यको अनुसन्धान र प्रशासनिक निकाय पुर्ण रुपले बैतडीमा केन्द्रित छ’, थापाले भने, ‘विगतका निर्मला पन्तको घटना झै कठिन छैन् अनुसन्धान दोषीको नजिक पुगिसकेको छ ।’

माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घरनजिकैको लबलेक जंगलमा विभत्स र निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung