२९ असार २०८२, आईतवार

 

किन राजा ज्ञानेन्द्रले प्रतिष्ठाको विषय बनाएको थियो खारा आक्रमणलाई ?

- २०६१ चैत २६,खारा आक्रमण, हेलिकप्टर निर्णायक भएको दिन

हिजो साँझदेखि शुरु भएको दोहोरो भिडन्त अझै छैन । माओवादीतर्फ धेरै हताहत भएको अनुमान छ । सङ्ख्या भने यकिन भइसकेको छैन । टेलिफोनमा हतास, उदास र बेचैन आवाज सुनियो । हँ , के रे भन्न नपाउँदै त्यो टेलिफोन एकसासमै बोल्यो, क्याप्टेन साब । खारामा माओवादीले ब्यारेक कब्जा गर्ने भए, तुरुन्त थप सैन्य जनशक्ति लिएर उद्धारमा जानुपर्ने भयो । २०६१ चैत २६ गते एकाबिहानै तारन्तार बजेको टेलिफोनको घन्टीले मेरो निद्रामात्रै होइन, चैन पनि भङ्ग गरिदियो । काठमाडौँ, सिनामङगलस्थित घरमै थिएँ म ।

शाही नेपाली सेनाको ११ नम्बर बाहिनी , फ्लाइट अपरेसन युनिटका प्रमुख सेनानी दीपक कार्की टेलिफोनमा भन्दै थिए, घाइतेहरुको उद्धार , थप सैन्यशक्ति र एम्युनिसनको माग भइराखेको छ । तुरुन्त जानुपर्ने भयो । रुसमा निर्मित एमआई हेलिकप्टरको प्रशिक्षक पाइलटका रुपमा म नेपाली सेनाका लागि काम गर्न पुगेको थिएँ । सरकारले माओवादी जनयुद्ध नियन्त्रण र निस्तेज गर्न सङ्कटकालको घोषणामार्फत् सेना परिचालन गरेपछि विज्ञ पाइलटका हैसियतले सेनाको हवाई बाहिनीसँग जोडिएको थिएँ म ।

सेनाका पाइलटहरुलाई तालिम दिने, सैनिक व्यारेकहरुमा सैन्यशक्ति र एम्युनिसन आसार्ने ,भिडन्तस्थलबाट घाइते सेना प्रहरी उद्धार गर्ने, मृतकहरु आसार्ने लगायतका काममा सघाउन भनेर मलाई नियुक्त गरिएको थियो । त्यसअघि जनयुद्धविरुद्ध सरकारले प्रहरीलाई मात्रै अघि सार्दा पनि म निजी क्षेत्रको हेलिकप्टर उडाएर त्यस्ता काम गर्थे सेना परिचालन भएपछि एघार बाहिनीका बिग्रेडियर गुन्जमान लामा, पाइलट मदन केसीलगायतले बेलाबखत सेनाका लागि पनि हेलिकप्टर उडाउन आग्रह गरिरहन्थे ।

प्रहरीसँग काम गर्दैदेखि सेनाका उच्चपदस्थ अधिकारीहरुसँग पनि मेरो उठबस थियो । राष्ट्रका लागि सघाउन भन्दै उनीहरु सेनाको हेलिकप्टर उनीहरुसँग साटासाट हुन्थ्यो । प्रधानसेनापति प्यारजङग थापासँग उनी ब्रिगेडियर जनरल भएदेखि नै मेरो राम्रो चिनापर्ची थियो । सेना परिचालन भएपछि प्रधानसेनापति थापाको विशेष आग्रहमा २०५८ मङ्सीरपछि सेनाकै हेलिकप्टर उडाउन थालेको थिएँ । लगातारको उडानका कारण थकित भई केही दिनदेखि काठमाडौँमै आराम गरिरहेका थिएँ । उडान नियमित हुँदाका समयमा प्राय जसो नेपालगञ्ज वा पोखरामा मेरो मुकाम हुने गर्दथ्यो ।

फ्लाइट अपरेसन युनिटका प्रमुख सेनानी दिपक कार्कीको टेलिफोनपछि म तत्कालै उद्धारमा जानका निम्ति रुकुमको खारातर्फ उड्न तयार भएँ । सेनाको एउटा आरएन ३७ हेलिकप्टरको मेन गेयर बक्स ओभरहउल गर्नुपर्ने थियो । त्यसैले मर्मत सम्भारका लागि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड थियो । साधारणतया , मेन गेयर बक्सका आयु २ हजार उडान घन्टा हुन्छ । तोकिएको घन्टा उडान सकेपछि मेन गेयर बक्स ओभरहउल गर्नुपर्छ । त्यसै क्रममा उक्त हेलिकप्टर ग्राउन्डड थियो ।

सामान्य अवस्थामा ग्राउन्डेड हेलिकप्टर उडाउन मिल्दैन । आपत्कालिन वा विशेष अवस्थामा विज्ञहरुको अनुमतिपछि भने निश्चित घन्टा उडाउन अल्पकालिन निर्णय लिन सकिन्छ । खारामाथि आक्रमण भएको दोस्रो दिन बिहान त्यस्तै विशेष अवस्था निम्तियो । थप सैन्यशक्ति लिएर उद्धारका लागि जानुपर्ने आवश्यकता देखिएपछि हवाई बाहिनीपति गुन्जमान लामा, सोही बाहिनीका इन्जिनियर महोनानी सन्तोष कार्की र इन्सट्रक्टर पाइलट म गरी तीन जनाको समिति गठन भयो र उक्त समितिले बढीमा १० घण्टा उडाउन सकिने सिफारिस ग¥यो । त्यसपछि ग्राउन्डेड गरिएको सो हेलिकप्टर लिएर म उडँे । साथमा थिए, को पाइलट मेजर किरण थापा , फ्लाइट इन्जिनियर हिरालाल महर्जनसहितको प्राविधिक टोली ।

काठमाडाँैबाट महावीर गणका ३२ रेन्जर फोर्स र केही एम्युनिसन राखेर उड्दा बिहानको त्यस्तै ७ बजेको हुँदो हो । २१ जना क्षमताको उक्त जहाजमा ३२ जना र एम्युनिसन लोड गरेर हामी सोझै भैरहवा गयौ । त्यहाँ पनि थप केही रेन्जर र हातहतियार राख्यौ । त्यसपछि उडेका हामीले नेपालगञ्जस्थित मध्यपश्चिम पृतनामा अवतरण ग¥यो । खारा आक्रमणको रनाहाले नेपालगञ्जस्थित मध्यपश्चिम पृतनालाई एक प्रकारको सन्नाटाले छोपेको थियो । यस्तो लाग्थ्यो , त्यहाँ हावसमेत बहनबाट टक्क रोकिएको छ । मौनता यस्तो छ, अफिसमा तारन्तार बजिरहेका टेलिफोनका घन्टीहरु चर्काे माइकमा बजाइएका धुनजस्ता सुनिन्छन् ।

सैनिक अधिकारीहरुका अनुहारमा तनाव र निराशाका रेखाहरु प्रस्टै देख्न सकिन्छ । पृतनापति दीपकविक्रम राणा विहानै सेनाको अर्काे हेलिकप्टरबाट मुसिकोट उडिसकेका रहेछन् । त्यसैले पृतनामा उनीसित भेट हुन सकेन । मुसिकोट एयरपोर्टमा अवतरण गरिसकेपछि दिउँसो सेनाको सेटमार्फत उनीसीत मेरो कुराकानी हुन थाल्यो । उनी निकै हतास र निराशाको मनोभावमा थिए । उनले सेटबाटै भनेका थिउ , अब तपाईकै हातमा छ क्यापटेन साब ओभर रन हुनबाट बचाउनुस् ।

पृतनापति राणासँग कुराकानी हुनुअघि नेपालगञ्ज छँदै गृहसचिव चण्डप्रसाद श्रेष्ठ, प्रहरी प्रधान कार्यालयका एआइजी राजेन्द्रबहादुर सिंहसँग पनि मेरो टेलिफोन संवाद भएको थियो । धेरै क्षति भएको अुनमान गर्दै उनीहरु छिटोभन्दा छिटो सुरक्षाकर्मीको उद्धार गर्न जोड दिइरहेका थिए । यी सबै उच्चपदस्थ अधिकारीहरुले राखेको चासोबाट छनक पाइन्थ्या , सरकारले राखा भिडन्तलाई ठुलो प्रतिष्ठानको विषय बनाएको छ । कतिसम्म सुनिएको थियो भने चैत २६ गते विहान राजा ज्ञानेन्द्रसमेत प्रधानसेनापति प्यारजङ्ग थापालाई खारामा सेनाले जसरी पनि जित्नुपर्छ सेना के गरिराखेको छ ? भनी कड्किएका थिए रे ।

माओवादीको खारा आक्रमण राजादेखि रङ्क सम्म सबैका लागि अधिक चासोको विषय बनेको थियो । राजा ज्ञानेन्द्रदेखि गृहमन्त्री, प्रधानसेनापति , दुवै प्रहरीका आइजिपीहरु लगायत उच्चपदस्थ सुरक्षा अधिकारीहरु सबै खारा भिडन्तको परिणति के हुन्छ भनेर अधैर्य कान थापेर बसेका थिए । माओवादीले त्यतिन्जेल लडेका युद्धहरुमध्ये सबैभन्दा ठुलो आक्मणका रुपमा यसलाई लिइएको थियो । तयारी पनि त्यसैअनुरुप ठुलै थियो भनी प्रचार भएको थियो । शान्ति प्रक्रियामा आइसकेपछि सार्वजनिक भएका माओवादीका भिडियो र दस्तावेजहरुमा प्रस्टै उल्लेख छ, खारा आक्रमणमा उसले आफ्नो भएभरको सञ्चित बल खर्च गरेको थियो ।

आक्रमणको मुख्य योजनकार जनमुक्ति सेनाका सुप्रिम कमान्डर पुष्पकमल दाहाल प्रचण्ड स्वयम् थिए भने आक्रमणको मुख्य कमान्ड मध्य डिभिजन प्रमुख नन्दकिशोर पुन पासाङ र पश्चिम डिभिजन प्रमुख जनार्दन शर्मा प्रभाकरले गरेका थिए । पुन अहिले दोस्रोपटक सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका उपराष्ट्रपति बनेका छन् । सङ्घीय संसद्का सांसद शर्मा भने शेरबहादुर देउवा नेतृत्वको काङ्ग्रेस माओवादी गठबन्धन सरकारका गृहमन्त्रि थिए । त्यसअघि उर्जामन्त्री भएका शर्माले शान्ति तथा पुननिमार्ण मन्त्रीको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन् ।

माओवादीले जनयुद्धकालमा आफ्नो छुट्टै सैन्य संरचना निर्माण गरेका थियो । सेनाले जस्तै जनमुक्ति सेनालाई मिलिसियादेखि डिभिजनस्तरसम्मको साङ्गठनिक संरचनामा परिचालन गरेको थियो । उसको दाबीअनुसार पुर्व, मध्य र पश्चिम गरी तीन डिभिजनको सैन्य संरचना थियो । त्यही तीनमध्ये दुई डिभिजनको सम्पुर्ण शक्ति केन्द्रीकृत गरी सेनाको खारास्थित सुरक्षा बेसक्याम्पसमा आक्रमण भएको थियो , चैत २५ मा ।

माओवादीले मध्यपश्चिमका रोल्पा , रुकुम , जाजरकोट, सल्यान आदि जिल्लालाई आफ्नो आधार इलाका भनेर दाबी गर्दै आएको थियो । यी जिल्लालाई आफ्नो आधार इलाका भनेर दाबी गर्दै आएको थियो । यी जिल्लाका अति विकट बस्तीहरुमा उसका सेल्टर रहेकाले अधिक गतिविधि पनि त्यतैतिर हुन्थे । खाराको सुरक्षा बेसक्याम्पसमा आक्रमण गरेर सेनालाई पराजित गर्न सकिए आफुले दाबी गरेको आधार इलाका अझ बलियो हुने आँकलन माओवादीको थियो । यही अनुसार उसले फौजी रणनीति अपनारएको बुझिन्थ्यो ।

चैत २७ गते साँझ रुकुमको खारामा माओवादी छापामार र सेनाबीच भिडन्त सुरु भयो । माओवादीले खारा आक्रमणको अति गोप्य तयारी गरेको रहेछ, जसको भरपर्दाे सुचना सेनासामु ढिलोगरी त्यसै दिन साँझपख मात्रै आइपुग्यो । भिडन्तको दिन राखा सुरक्षा बेसक्याम्पमा खटिएका सेनाका क अधिकारीले आक्रमणको वृत्तान्त यसरी सुनाएका थिए, हामीले तीन दिनपहिले नै आक्रमणको सुचना पाएका थिर्यौ र तयारी भइरहेको पनि बुझिन्थ्यो तर कहाँ र कति बेला गर्दै छन् भन्ने यकिन जानकारी थिएन । २५ गते दिउँसो स्थानीय सुचनास्रोतबाट बेलुका आक्रमण गर्दै छने भन्ने बुझेपछि हामी एलर्ट बस्यौ र साँझपख गस्तीमा पनि निस्कियौ ।

गस्तीमा निस्किएको सेनाको टुकडीले खारातर्फ बढिरहेको माओवादी समुहलाई लामो दुरीका हतियारले हमला गरेपछि साँझादेखि नै भिडन्त शुरु भयो । माओवादी छापामारहरु खुम्चेटी डाँडा र गिद्धेडाँडाबाट लामो दुरीका हतियारबाट फायर खोल्दै अघि बढेको थिए । मुसिकोट गुल्मबाट खारातिर सहयोगका लागि ओर्लेको सुरक्षा फौज ठाँउ ठाँउमा राखिएका एम्बुसका कारण अघि बढ्न सकेन सेनाका ती अधिकारीले थपे ।

जसै दिनको उज्यालोलााई अँध्यारोले निल्दै थियो , आक्रमणको पारो पनि त्यति नै उक्लँदो थियो । चारैतिरबाट माओवादी छापामारले खारा बेसक्याम्पलाई घेर्दै , विस्फोट गराउँदै अघि बढे । गोली र बम विस्फोटका आवाज अनि कोलाहल र चीत्कारले खारा रातभर रणभुमिमा परिणत भयो । छापामारले ८१ मोर्टार, जिपीएजी , २ इन्च मोर्टारलगायत लामो दुरीका हतियारसमेत प्रयोग गरेका थिउ । घाइतेको उद्धार गरेर फर्कदा रातभर लडेका सैनिकहरु बताउँथे , राति १० बजेपछि सेना र माओवादीबीच क्लोज ब्याटल भएको थियो । माओवादी क्याम्पको एक नम्बर गेटबाटै टे«न्च खनेर भित्र आउन खोज्थे । हामी फायर खोलेर त्यही रोक्यौँ । रातभर प्रयास गर्दा पनि माओवादी ब्यारेकका तार काटेर भित्र छिर्न सकेनन् ।

सुरक्षा बेसक्याम्पमा सेना नेतृतवको युनिफाइड कमान्डरमा रहेका प्रहरीहरु १८ घण्टासम्म लगातार लडिरहेको ती घाइते सैनिकहरुको अवस्थाबाट थाहा हुन्थ्यो । राति १२ बजेपछि पहिलोपटक र बिहान ३ बजेतिर दोस्रोपटक खाराको आकाशमा नाइटभिजन हेलिकप्टर पुग्यो । ती भन्थे , नाइटभिजनले तोराबोरा हानेर फर्केपछि गोलि हानाहानको क्रम केही मत्थर भयो तर रोकिएन । बिहान उज्यालो हँदै गर्दा पनि दोहोरो हानाहान जारी थियो ।

अङ्ग्रेजविरुद्ध नालापानी युद्धमा बलभद्र कुवँरले अपनाएको रणनीति माओवादीले प्रयोग गरिसकेको थियो । खारा क्याम्पसभित्र जाने मरु गाविसबाट ल्याइएको खबर बिहानैदेखि फैलिइसकेको थियो । रातभर लडेको सुरक्षा फौजलाई खाना, पानी, हतियार, गोलीगठ्ठ र थप सैन्यशक्तिको सहायता छिटो पु¥याउनु जरुरी थियो तथा घाइतेको उद्धार गर्नु अझै ठुलो मानवीय सहयोग थियो । त्यसकारण पनि ममा दबाब बढेको थियो ।क्रमश

बारुदमाथि उड्दा  पुस्तकबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung