३ श्रावण २०८३, आईतवार

 

सम्पर्कविहीन भएका आचार्य मालढुङ्गा क्षेत्रमा मृत अवस्थामा भेटिए

बागलुङ । पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ घाहाखेत निवासी ३० वर्षीय हरिप्रसाद आचार्य मृत अवस्थामा भेटिनुभएको छ।

जेठ १४ गते काम विशेषले जलजला–७ मिलनचोक जानुभएका आचार्य त्यसयता परिवारको सम्पर्कमा आउनुभएको थिएन। लामो समयदेखि सम्पर्कविहीन रहनुभएका आचार्य मालढुङ्गा क्षेत्रमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

आचार्य हराएको जानकारीपछि परिवार र प्रहरीले खोजी कार्य सञ्चालन गरेका थिए। खोजीका क्रममा उहाँको शव मालढुङ्गामा फेला परेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको र मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि सम्बन्धित अस्पताल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung