५ जेष्ठ २०८१, शनिबार

 

सामसङले थाल्यो तीन नयाँ स्मार्टफोनको बिक्री

सामसङ नेपालले एस सिरिजअन्तर्गत ग्यालेक्सी एस २१, एस २१ प्लास तथा एस २१ अल्ट्रा स्मार्टफोनहरूको बिक्री सुरु गरेको छ । बोल्ड डिजाइन, स्टेट अफ द आर्ट इनोभेसनका साथ उच्चस्तरीय प्रविधिको प्रयोगका कारण यी फोनले दैनिक जीवनलाई अझै उत्कृष्ट एवं सहज तुल्याउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी इकोसिस्टमअन्तर्गतका यी फोनमा उपलब्ध विभिन्न सुविधाले प्रयोगकर्ताका हरेक पललाई अझै बढी ‘इपिक एक्सपिरियन्स’ प्रदान गर्नेछन् ।

नयाँ एस २१ सिरिजमा विभिन्न आकर्षक, आधुनिक डिजाइन, इपिक प्रोग्रेड क्यामरा, भिडियो एवं हालसम्मकै शक्तिशाली प्रोसेसर राखिएको छ । एस २१, एस २१ प्लास तथा एस २१ अल्ट्रामा अन्य स्मार्टफोनमा नभएका सुविधा छन् । कम्पनीका अनुसार यसमा विभिन्न ग्राउन्ड ब्रेकिङ फिचरहरू छन् ।

सामसुङ ग्यालेक्सी एस २१, एस २१ प्लासमा प्रोग्रेड क्यामरा तथा नयाँ एस २१ अल्ट्रामा उपल्लो तहका विशेषताहरू छन् । यसमा एड्भान्स प्रोग्रेड क्यामरा तथा इन्टलिजेन्ट डिस्प्ले छ । ‘सामसङ एस २१ सिरिजको प्री बुकिङमा भएको उल्लेखनीय सहभागिता एवं प्रतिक्रयाबाट वास्तवमै हामीलाई अझै उत्साहित बनाएको छ,’ सामसङ मोबाइल नेपालका बिजनेस हेड प्रणयरत्न स्थापितले भने ।

कम्पनीका अनुसार एस २१ सिरिजका सबै तीन स्मार्टफोन आइकनिक डिजाइनका साथ बोल्ड एवं स्ट्राइकिङ एस्थेटिक्सका साथ उपलब्ध छन् । ग्यालेक्सी एस २१ अल्ट्रामा विशेष रूपमा कम्प्याक्ट ६‍.८ इन्च डिस्प्लेको प्रदान गरिएको छ ।

यसमा इन्टलिजेन्ट, एज टु एज डाइनामिक एमोलेड २ एक्स इन्फिनिटी ओ डिस्प्ले, सहज स्क्रलिङ तथा उत्कृष्ट दृश्यावलोकनका लागि एडप्टिभ १२० हर्ज रिफ्रेस रेट तथा क्वाड एचडी प्ल डिस्प्ले रहेको जनाइएको छ । कम्पनीका अनुसार एस २१, एस २१ प्लास तथा एस २१ अल्ट्रामा आँखालाई थकान अनुभव नहुने विशेष आई कम्फर्ट सिल्ड राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्