५ जेष्ठ २०८१, शनिबार

 

राष्ट्रिय आविष्कार केन्द्रलाई केसीको सहयोग

नयाँ विश्व डटकमका सञ्चालक समिति सदस्य विष्णु केसीले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । उनले केन्द्रका सञ्चालक महावीर पुनलाई १५ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरे ।

आफ्नो गाउँको विकास गरी आविष्कार केन्द्रमार्फत देशकै मुहार फेर्न लागिपरेका पुनको अभियानमा सघाउन पाउँदा खुसी लागेको केसीले नयाँ विश्वलाई बताए ।

‘नेपाली युवा वैज्ञानिकहरूको प्रतिभालाई उपयुक्त मञ्च दिएर उपभोक्तालाई आवश्यक सामग्री आविष्कार र उत्पादन गर्ने लक्ष्यसहित देशको मुहार फेर्न लागेका पुनलाई सानो सहयोग मात्र गरेका हुँ भविष्यमा पनि सहयोग गर्ने छु’ नयाँ विश्व डटकमका सञ्चालकसमेत रहेका उनले भने ।

व्यवसायी केसीले बागलुङ नगरपालिका वडा नं ३ को बसुन्धरा प्राथमिक विद्यालयका ४ जना विद्यार्थीहरु र मुलपानी माध्यामिक विद्यालयका १० जना आर्थिक रुपमा कमजोर भएका विद्यार्थीहरुलाई प्रत्येक वर्ष छात्रावृत्ति दिदै आएका छन् ।

केसीले विगतदेखि नै शैक्षिक, सामाजिक र मानवीय क्षेत्रमा सहयोग गर्दै आएको छन् । केसीको पुख्र्यौली थलो बागलुङ नगरपालिका–३ मुलपानी गाउँ हो । हाल उनी काठमाडौंमा आकर्षण इन्टरनेशनल प्रालिको नेतृत्व गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्