५ जेष्ठ २०८१, शनिबार

 

रवि लामिछानेले खोले नयाँ टिभी, यी कार्यक्रम हुनेछन् सञ्चालन

सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएका छन् । लामिछाने सहितको टीमले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘ग्यालेक्सी फोर के’ नामक टेलिभिजन च्यानल सञ्चालनमा ल्याएको घोषणा गरेका छन् ।

लामिछानेले नेपालमै पहिलो पटक फोरके प्रविधिबाट टेलिभिजन सञ्चालन गर्न लागेको जानकारी गराए । पत्रकारसम्मेलनमा जानकारी गराए अनुसार नेपालीमा रामायण, को बन्छ करोडपति, क्राइम पेट्रोल नेपाल, लाल मोहोर, सारेगम लगायतका कार्यक्रमहरू सञ्चालन गरिने छ ।

न्यूज २४मा कार्यक्रम सिधाकुराबाट निक्कै चर्चित भएका लामिछानेले टिभी च्यानल खोल्नकै लागि उक्त संस्थाबाट बाहिरिएका थिए। सिधाकुरा जनतासँग नामक कार्यक्रममा न्यूज २४ ले दाबी गरेपछि ग्यालेक्सिबाट ‘सिधाकुरा‘’ गरिएको छ।

टेलिभिजनको प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेले ग्यालेक्सि टेलिभिजनले भरपुर मनोरञ्जन दिने दाबी पनि गरे ।

प्रतिक्रिया दिनुहोस्