४ श्रावण २०८३, सोमबार

 

ज्योति लाइफ इन्स्योरेन्सको २३ गतेबाट आइपिओ खुल्ला, आवेदकले कति कित्ता पाउँछन् ?

ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन २३ गतेबाट आइपिओ खुल्ला गर्ने भएको छ । ज्योतिले १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता सेयर जारी गर्न लागेको हो ।

यसमध्ये ५–५ प्रतिशतका दरले अर्थात ३ लाख ३० हजार कित्ताका दरले सामूहिक लगानी कोष र कर्मचारीलाई वितरण गरिने र बाँकी रहेको ५९ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन्।

आवेदन दिने अन्तिम मिति फागुन २८ गते सम्म तोकिएको छ । कम्पनीको कम्तिमा १० कित्ता र अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिने जनाएको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ । सेयर आस्वा, मेरो सेयरमार्फत भर्न सकिन्छ । ज्योति लाईफको कुल जारी पुँजी २ अर्ब २० करोड रुपैयाँ छ ।

यसको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो । यो भनेको ६६ करोड रुपैयाँ हुन आउँछ । पछिल्लो समय आईपिओ जारी गर्ने कम्पनी बढेसंगै लगानीकर्ताको पनि सेयर लगानीमा आकर्षण अत्यधिक बढेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung