१९ भाद्र २०८३, शुक्रबार

 

आफूखुसी गुणस्तर चिह्न राखेपछि सम्राट सिमेन्ट कारबाहीमा

सम्राट सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर तथा नाप तौल विभागले कारबाही गर्ने भएको छ। सिमेन्टमा अनुमति नलिई नेपाल गुणस्तर चिह्न ९एनएस० राखेको पाइएपछि विभागले कारबाही गर्ने भएको हो।

दाङमा रहेको उद्योगले उत्पादन गर्ने देव सम्राट प्रिमियट ओपीसी सिमेन्टमा गुणस्तरको गलत दाबी गरेको विभागको भनाइ छ। विभागले फागुन २६ गते काठमाडौंको बाफलमा बजार अनुगमन गरेको थियो।

सोही क्रममा सय बोरा सिमेन्ट गुणस्तर चिह्न अंकित पाइएको हो । विभागका अनुसार नेपाल गुणस्तर प्रमाण चिह्न ऐन २०३७ अनुसार उक्त उद्योगलाई कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung