४ श्रावण २०८३, सोमबार

 

सिंगटी हाइड्रो इनर्जीको आईपीओ खुल्ला

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला भएको छ। कम्पनीले कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी कुल २६ लाख ९७ हजार कित्ता सेयर बिक्री गर्नका लागि आवेदन खोलेको छ।

इच्छुक आवेदकले कम्तीमा १० र बढीमा २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। अंकित मूल्य १ सयमा निष्कासन हुने यो कम्पनीको आइपिओ २ लाख ६९ हजार ७ सय जनाले पाउने छन्।

छिटोमा चैत १० गतेसम्म आवेदन दिन सकिनेछ। मेरो सेयर र आफ्नो खाता रहेको आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ। सेयर बिक्री प्रवन्धकका रुपमा मेगा क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung