४ श्रावण २०८३, सोमबार

 

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँट आगामी शुक्रबार

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको आईपीओको बाँडफाँट आगामी साता अर्थात् चैत २७ गते शुक्रवार बाँडफाँट हुने भएको छ । केहि प्राविधिक समस्या नआएमा बुधवार प्रि( अलोटमेण्ट गरेर शुक्रवारसम्म बाँडफाँट गर्ने तयारी गरेको मेगा क्यापिटलले बताएको छ ।

कम्पनीले चैत ६ गते देखि १० गतेसम्म सर्वसाधारणको लागि २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५८ हजार कित्ता कर्मचारीको लागि र १ लाख ४५ हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि बाँडफाँट गरी बाँकी रहेको २६ लाख ९७ हजार कित्ता आइपीओ सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।

कम्पनीले निष्कासन गरेको आईपीओमा १६ लाख २४ हजार ४८३ जना आवेदकबाट २ करोड ४५ लाख १६ हजार ६०० कित्ताको लागि आवेदन परेको छ । यो आवेदन मागभन्दा ९ दशमलव शून्य ९ गुणा बढी हो ।

कम्पनीले गत फागुन १७ गते आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको १४ लाख ५० हजार कित्ता साधारण शेयर बाँडफाँट गरिसकेको छ । सर्वसाधारणलाई आईपीओ निष्कासन गरेपछि कम्पनीको पूँजी रू। १ अर्ब ४५करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung