नेपाल चेम्बर अफ कमर्सले कर विवरण तथा कर दाखिला गर्ने म्याद थप्न सरकारसँग माग गरेको छ । कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण रोक्न निषेधाज्ञा जारी गरिएको अवस्थामा उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द हुँदा व्यवसायी तथा कर्मचारी कार्यालयमा जान सक्ने अवस्था नरहेको चेम्बरले जनाएको छ ।
‘सम्बन्धित कागजात पनि कार्यालयमै रहने भएकाले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकाले आवश्यक म्याद थप गरिदिने व्यवस्थाका लागि नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौँ,’ चेम्बरले विज्ञप्तिमा भनेको छ ।
















































































































































































