१९ भाद्र २०८३, शुक्रबार

 

मास्कमा कालोबजारी गर्ने पसले र उद्योगीलाई जरिवाना

मास्कमा कालोबजारी गर्ने व्यापारीविरुद्ध वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कारबाही सुरु गरेको छ । मास्कमा कालोबजारी गरेको समाचार सार्वजनिक भएसँगै विभागले ज्ञानेश्वरस्थित अनुज स्टोर, यू–एन्ड बी स्टोर्स र आरएन स्टोर्सलाई जरिवाना गरेको

हो ।विभागका प्रवक्ता शिवराज सेढाईंले ती पसलले उपभोक्ता संरक्षण ऐनविपरीत मास्कको कालोबजारी गरेको पाइएकाले ५र५ हजार जरिवाना गरिएको जानकारी दिए ।

ती पसलेले मास्क खरिद–बिक्री गर्दा बिल बीजक जारी नगरेको र अधिक मूल्यमा बेचेको उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरेको बताइएको छ । यस्तै मूल्य सूची नराखेको र प्याकेटमा कम संख्या राखेको भन्दै भक्तपुरमा रहेको हिमालय लाइफ केयर नामक मास्क उत्पादन उद्योगलाई ५० हजार रुपैयाँ जरिवानासमेत गरिएको छ ।

पछिल्लो समय उद्योगीहरूले होलसेल मूल्यमा २५ देखि ५० पैसासम्म वृद्धि गरेका छन् । उनीहरूले कच्चा पदार्थको मूल्य बढेको बहाना बनाएर अहिले मास्कको मूल्य वृद्धि गराएका छन् ।

जब बजारमा मास्कको अभाव भयो तब उद्योगीले मूल्य बढाएको पाइन्छ । बजारमा खुद्रा मूल्यमा समेत अर्को लुट छ । खुद्रा मूल्यमा प्रतिमास्क १० रुपैयाँ लिने गरेका छन्, व्यापारीहरूले ।

उद्योगीहरूबाट २ रुपैयाँ ५० पैसामा किनेको मास्क खुद्रा बजारमा १० रुपैयाँमा बिक्री गर्ने गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung