३ श्रावण २०८३, आईतवार

 

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड, कति जनाको हात खाली ?

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ शुक्रवार बाँडफाँड भएको छ ।

आईपीओ बिक्री प्रबन्धकमा सन्राइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो । क्यापिटलले कोभिडको जोखिमलार्ई ध्यानमा राखी थोरै जनाको मात्र उपस्थितिमा आफ्नो अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीको आईपीओ २ लाख ३४ हजार १९५ जनाले १० कित्ताका दरले पाएका छन् । यीमध्ये थप ४ जनाले थप एक– एक कित्ताका दरले ११–११ कित्ता शेयर हात पारेका छन् ।

कम्पनीको आईपीओका लागि परेको आवेदनमध्ये १६ लाख ८५ हजार ६२७ जनाको आवेदनमात्र योग्य भएको क्यापिटलको भनाइ छ । कुल १६ लाख ९० हजार ६९ जना आवेदकमध्ये ४ हजार ४४२ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीले वैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ सर्बसाधारणमा वितरण गरेको हो ।

यसमध्ये कम्पनीले २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी २३ लाख ४१ हजार ९५४ कित्ता अन्य सर्वसाधारणमा बाँडफाँड गरेको हो । हाल ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी बाँडफाँड पश्चात यो पूँजी ८३ करोड ९४ लाख १० हजार पुगेको छ ।

कम्पनीद्वारा प्रबर्द्धित साङ्गे जलविद्युत् आयोजना र राधी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् भने तल्लो खारे खोला जलविद्युत् आयोजना, दोर्दी १ जलविद्युत आयोजना र रुकुमगाडा जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेका छन् ।

उक्त कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत् आयोजना प्रबर्द्धनका लागि लगानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८र ७९ मा चुक्तापूँजी वृद्धि गरी ८८ करोड १३ लाख ८० हजार पुर्‍याउने प्रक्षेपण गरेको छ ।

आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ । आर्थिक वर्ष ०७६– ७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १३८ दशमलव ७९ रहेको छ । सोही प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले तीन गुणासम्मको लागि मूल्य तोक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung