१९ भाद्र २०८३, शुक्रबार

 

कम्पनी रजिस्ट्रारमा डकुमेन्ट बुझाउन ढिलाइ हुँदा लाग्ने जरिवाना ९० प्रतिशत कटौती

अब कम्पनी रजिस्ट्रारको कार्यालयमा समयमै डकुमेन्ट नबुझाउने व्यवसायीलाई लाग्ने जरिवानामा ९० प्रतिशत कटौती हुने भएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि जारी गरेको बजेटमा यस्तो व्यवस्था गरेको हो ।

यसले समयमै साधारणसभा गर्न नसक्ने, साधारणसभा गरे पनि समयमै कार्यालयमा डकुमेन्ट नबुझाउन नसकेकाहरूलाई ठूलो राहत दिएको देखिन्छ । देशमा साना–ठूला गरी लाखौं त्यस्ता व्यावसायिक फर्म छन् ।

उनीहरूमध्ये धेरैले ८ र ९ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।

त्यस्ता व्यवसायीले जम्मा १० प्रतिशत मात्रै जरिवाना तिरे पुग्ने व्यवस्था आगामी आर्थिक वर्षको बजेटबाट गरिएको छ । यसलाई साना, मझौला तथा ठूला उद्योगीले समेत स्वागत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung