१ जेष्ठ २०८२, बिहीबार

 

हिमालयन पुनर्बिमालाई बिमा समितिले दियो अनुमति

व्यावसायिक घराना शंकर ग्रुपको लगानी रहेको हिमालयन पुनर्बिमा कम्पनीले सञ्चालन अनुमति पाएको छ । बिमा समितिले हिमालयनलाई सञ्चालनको अनुमति दिएको हो ।

अहिले ठूला कर्पोरेट हाउसबीच पुनर्बिमा कम्पनी खोल्ने रस्साकसी चलेको छ । नेपालको ठूलो व्यावसायिक घराना विशाल ग्रुपले रि–इन्स्योरेन्स कम्पनीका लागि ठूलो लबिङ गरेपछि शंकर ग्रुपले त्यसलाई उछिनेको छ ।

काठमाडौं री इन्स्योरेन्स, जेन्युन री इन्स्योरेन्स, अन्नपूर्ण री, प्रुडेन्सियल री इन्स्योरेन्स, हिमालयन री इन्स्योरेन्सले बिमा समितिमा निवेदन दिएका थिए ।

तीमध्ये बिमा समितिले हिमालयनलाई अनुमति प्रदान गरेको हो । २० अर्ब अधिकृत पुँजी रहेको कम्पनीको चुक्ता पुँजी १० अर्बको हुनेछ ।शंकर ग्रुपको अग्रसरतामा खोलिएको कम्पनीमा देशका प्रतिष्ठित उद्योगी–व्यवसायीको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung