१९ भाद्र २०८३, शुक्रबार

 

बजेटले कोरोना प्रभावित उद्योगीलाई राहत : २० लाख रुपैयाँसम्म कारोबार हुनेलाई आयकरमा ९० प्रतिशत छुट

सरकारले कोरोनाप्रभावित उद्योग–व्यवसायको आयकरमा छुट गरेको छ । आर्थिक वर्ष २०७८र०७९ को बजेटमार्फत यस्तो छुट दिइएको हो ।

२० लाख रुपैयाँसम्म कारोबार हुने व्यवसाय वा २ लाखसम्म आम्दानी हुने करदातालाई ९० प्रतिशत छुट दिने सरकारले ल्याएको आर्थिक अध्यादेशमा उल्लेख छ । त्यस्तै २० लाखभन्दा माथि ५० लाखसम्मको कारोबारमा ७५ प्रतिशत कर छुट गरिएको छ ।

एक करोडसम्म कारोबार भएका व्यवसायीले आयकरमा ५० प्रतिशत छुट पाउनेछन् ।

होटल, ट्राभल, चलचित्र व्यवसाय, पार्टी प्यालेस, सञ्चारगृह, यातायात वा हवाई सेवामा एक करोडभन्दा बढी कारोबार गर्ने व्यक्तिलाई आयमा एक प्रतिशतमात्र कर लाग्नेछ ।

तर पछिल्लो दुई आर्थिक वर्षमा नोक्सानी भएको रहेछ भने त्यस्तो नोक्सानी कट्टा गर्न पाउने अवधि तीन वर्ष थपिएको बजेट वक्तव्यमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung