३ श्रावण २०८३, आईतवार

 

चिनियाँ कम्युनिस्ट पार्टीको सयौं वर्षगाँठमा राष्ट्रियता झल्काउने २२ फिल्म पुन : रिलिज गरिने

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पूरा भएको अवसरमा २२ फिल्मलाई पुनः रिलिज गरिने भएको छ । चिनियाँ टिकट प्लेटफर्म मायोयानका अनुसार रिलिज गर्ने भनिएका फिल्म राष्ट्रियता झल्काउने खालका छन् ।

कोरियाली युद्धसहित १९३१ देखि १९४५ सम्म भएको जापानी युद्धजस्ता विभिन्न विषयवस्तुमा बनेका फिल्म प्रदर्शन गर्न लागिएको हो ।

सन् १९५२ मा प्रिमियर भएको सबैभन्दा पुरानो फिल्म ‘फ्रम भिक्ट्री टु भिक्ट्री’ देखि २०१७ र २०१८ मा रिलिज भएका पछिल्लो समयका एक्सन फिल्महरू ‘अप्रेसन रेड सी’ र ‘उल्फ वारियर २’ प्रदर्शन हुनेछन् ।

गत मार्चमा चीनको सूचना प्रसारण विभागले नाटक, संगीत, नृत्य, फिल्म र टेलिभिजन क्षेत्रमा उच्च कलात्मक साहित्यिक उत्पादनलाई प्रदर्शन गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung