( चे ग्वेभारा जन्म विशेष : जेठ ३१ सोमबार, १४ जुन १९२८ )
‘हामीले जनताको जीवनस्तरअनुरूप नै जीवनयापन गर्न सक्नुपर्छ । मेरो विचारमा हाम्रा बच्चाले पनि त्यति मात्रै सामान र सुविधा पाउनुपर्छ जति अरू आमनागरिकले पाउँछन् । हामी र हाम्रा बच्चालाई पनि ती वस्तुको अभाव हुनुपर्छ जुन वस्तु आमजनता र बच्चाहरूलाई सर्वसुलभ हुँदैन ।’
यो धारणा हो, क्रान्तिपुरुष चे ग्वेभाराको हो । इतिहासदेखि वर्तमानसम्म स्वाधीनता र मुक्तिका लागि अनेक मूल्य चुकाइरहेछन् क्रान्तिकारीहरूले । परिवर्तनका नायक–नायिकहरूले आफ्नो जन्मभूमि, स्वतन्त्रता र सिंगो मानव जातिका लागि अतुलनीय योगदान गरेका छन् जुन तपाईं–हाम्रो कल्पनाभन्दा बाहिर छ ।
विश्वक्रान्तिका लागि यस्तै योगदान गर्ने चर्चित व्यक्तित्व, गरिमामय र अद्भुत क्षमताले भरिएका महान् नेता हुन् अर्नेस्टो चे ग्वेभारा । उनी न कुनै देश, काल र सिमानामा बाँधिए न त कुनै शक्तिका अगाडि झुके ।
उनी सन् १९२८ को १४ जुनमा अर्जेन्टिनाको टोसारियो शहरमा जन्म भएको हो । उनको पुरा नाम अर्नेष्टो भ्वेभारा डेला सेर्ना हो ।उनले १९५३ मा न्युनस विश्वविद्यालयबाट स्वास्थ्य विज्ञान विषयमा अध्ययन पुरा गरेका थिए ।
चे चिकित्सकको रुपमा पेरु,कोलेम्बिया र भेनेजुयलाको यात्रा गरी कुष्ट रोगीहरुको उपचारमा सहभागि भएको थिए ।सन् १९५४ मा चेले मेक्सिको सिटीमा हकरदेखि डाक्टरसम्म भएर काम गरेका थिए ।
उनले मेक्सिकोमै प्रेमिका हिल्डा गाडियासँग १९५६ फेब्रअरी १५ मा विवाह गरे । पहिलो सन्तानका रूपमा छोरी हिल्डिता जन्मिइन् ।
क्युबाको लास भिलास प्रान्तको राजधानी सान्ता क्लाराको लडाइँमा चेको नेतृत्वमा विजय प्राप्त भएपछि उनी क्युबाली क्रान्तिका नायकका रूपमा प्रख्यात भएका थिए ।
चे सुुरुमा एक स्वास्थ्यकर्मीका रूपमा क्रान्तिमा सहभागी थिए ।अर्जेन्टिनामा जन्मिएका उनले ग्वाटेमालामा आफूलाई माक्र्सवादी–लेनिनवादीका रूपमा तयार गरे ।
चेले फिडेल क्यास्ट्रो र राउल क्यास्ट्रोसँग मिलेर सशस्त्र संघर्षमार्फत क्युबालाई सन् १९५९ जनवरी १ मा तानाशाही शासनबाट मुक्त गराए । अमेरिकाको समर्थनप्राप्त तानाशाह वटिस्टा देश छाडेर भागे ।
फिडेल क्यास्ट्रो क्युबाको प्रधानमन्त्री भएपछि सन् १९५९ फरवरी ९ मा चेलाई त्यहाँको नागरिकता प्रदान गरियो ।
सोही वर्ष अक्टोबर ७ मा क्युबा सरकारले कृषि सुधार संस्थानको प्रमुखको जिम्मेवारी दियो । त्यही वर्ष राष्ट्रिय बैंकको अध्यक्षसमेत भए । उनलाई क्युबाली जनसेनाको मेजर पद प्रदान गरिएको थियो ।
सन् १९६१ मा चे ग्वेभारा उद्योगमन्त्री र राष्ट्रिय योजना आयोगको सदस्य भए । उनले सन् १९५९ देखि १९६१ सम्म इजिप्ट, सुडान, पाकिस्तान, भारत, बर्मा, इन्डोनेसिया, श्रीलंका, जापान, मोरक्को, युगोस्लाभिया, स्पेन, पूर्वी जर्मनी, चीन, उत्तर कोरिया, उरुग्वे, अर्जेन्टिना र ब्राजिलको भ्रमण गरेका थिए ।
सन् १९६४ मा चेले सोभियत संघसँग सम्बन्ध सुधारका लागि काम गरेका थिए । उनले त्यही वर्ष संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरे । सन् १९६० मा क्युबाको राजधानी हवानाबाट प्रकाशित चे ग्वेभाराको ‘छापामार युद्ध’ पुस्तकले विश्वमै चर्चा पायो । चेको ‘बोलिभियाको डायरी’ पुस्तक सन् १९६८ मा क्युबाबाट प्रकाशन भएको थियो ।
सन् १९६४ मा चे आफ्नो परिवार क्युबा सरकारलाई जिम्मा लगाई आफू क्युबाली नागरिकता, मेजर र मन्त्री पद त्यागेर ल्याटिन अमेरिकामा क्रान्ति फैलाउन र बोलिभियालाई सशस्त्र संघर्षमार्फत स्वतन्त्र बनाउन खटिएका थिए ।
उनी अमेरिकी साम्राज्यवादका विरुद्ध विश्वका सबै महादेशमा क्युबा र भियतनाम जन्माउन चाहन्थे । अमेरिकाको नाकैअगाडि क्युबालाई स्वतन्त्र र कम्युनिस्ट मुलुक बनाउन सफल भएका चेले बोलिभियालाई मुक्त गराउने लडाइँमा सहादत प्राप्त गरेका थिए ।
एक किसानको सुराकीमा सन् १९६७ अगस्ट ४ मा चे र उनका गुरिल्ला साथीहरूलाई अमेरिकी सिआइएद्वारा प्रशिक्षित रेन्जर फोर्सले पक्राउ ग¥यो । चेसहित सबैको हत्या गरियो । त्यति बेला उनको उमेर ३९ वर्ष थियो ।
यो घटनाले समग्र विश्वलाई नै हल्लायो । अमानवीय कदम भन्दै निन्दा र भत्र्सना भयो । विश्वभरिका श्रमजीवी सडकमा आएर अमेरिकी सरकारको विरोध र निन्दा गरे ।
सधैंभरि प्रजातन्त्रको वकालत गर्ने अमेरिकी सरकारले चे ग्वेभारा र उनका साथीहरूलाई मुद्दा चलाउने नैतिक साहस देखाउन सकेन । त्यस बेला अमेरिकी अधिकारीहरूले भनेका थिए, ‘चेलाई मुद्दा चलाउनुको अर्थ भयंकर भूकम्प निम्त्याउनु थियो ।’
यसबाट प्रस्ट थाहा हुन्छ, अमेरिका कति डराउँथ्यो चे ग्वेभारा र उनको विचारसँग १त्यसै कारण चे ग्वेभारा र उनका कमरेडहरुलाई गोली ठोकेर कहाँ गाडियो भनेर अमेरिकाले विश्वका जनता ,क्युबा सरकार र चे ग्वेभाराको परिवारलाई कहिले भनेनन् ।
यो अमेरिकी प्रजातन्त्रको नैतिक पराजय र उसको राजनैतिक स्वतन्त्रताको मूल्यमाथि गम्भीर विश्वासघात थियो ।चेले फिडेल र राउलसँग एउटा सर्त राखेका थिए– क्युबाली क्रान्ति सम्पन्न गरेपछि फिडेल र क्युबाली सरकारले उनलाई रोक्न पाउनेछैनन् । क्युबा स्वतन्त्र भएपछि उनी विश्वक्रान्तिको महायात्रामा निस्कनेछन् ।
फिडेलले चेसँगको यो वाचा भुलेका थिएनन् तर उनलाई आफ्ना असीम मित्रको असीम माया र चिन्ता थियो ।चे आफ्ना सहकर्मी कमरेडहरूलाई भन्ने गर्थे, ‘म पराजित भएर घर फर्किनेछैन ।
पराजयभन्दा मलाई बरु मृत्यु नै स्वीकार्य छ । मेरो पराजयको अर्थ विजय अप्राप्य छ भन्ने होइन । सगरमाथा शिखरमा पुग्ने प्रयास गर्दा कैयौं व्यक्तिले पराजय भोग्नुप¥यो । तर अन्तिम परिणाममा सगरमाथामाथि विजय हासिल भएकै छ ।’
आज पनि आमूल परिवर्तनमा प्रतिबद्ध जोसिला युवाले चेलाई आदर्श मान्छन् । उनको त्याग, तपस्या र बलिदानी भावना आत्मसात् गर्दै विश्वभरि नै उनको सपनाअनुसारको नयाँ मानव र नयाँ समाज रचना गर्न लागिरहेका छन् ।
चे भन्ने गर्थे, ‘राज्यबाट कहिलेकाहीँ गल्ती हुन जान्छन् । जब त्यस्ता गल्ती हुन्छन् तब जनताबीच विद्यमान प्रत्येक तत्त्वहरूमा गुणात्मक कमी आउँछ । त्यसैको परिणामस्वरूप सामूहिक उत्साह ओह्रालो लाग्छ । काम ठप्प हुन थाल्छन् अनि अन्ततः महत्त्वहीन सीमासम्म ती काम संकुचित हुन थाल्छन् । हो, गल्ती सुधार्ने भनेको यही नै बेला हो ।’
चे समाजवादको विकासका लागि पुँजीवादी आर्थिक बाटोलाई प्रयोगमा ल्याउन नहुने मत राख्थे । त्यस्तो चिन्तनले कमरेडहरूमा पुँजीवादी विकृति फैलिने सम्भावना धेरै हुने उनको विचार थियो ।
उनी कम्युनिस्ट आन्दोलनका कमरेडहरूलाई सचेत पार्दै भन्ने गर्थे, ‘जुन पुँजीवादी आर्थिक आधारलाई समाजवादी बाटोका रूपमा अपनाइएको हुन्छ, त्यसले चेतनाको विकासलाई पनि विखण्डित पारिसकेको हुन्छ । त्यसैले साम्यवादका लागि नयाँ भौतिक आधारको निर्माणका साथसाथै नवमानवको सिर्जना गर्नु जरुरी छ ।’
क्युबाले अमेरिकालाई ६० वर्षदेखि आर्थिक नाकाबन्दी लगाइरहेको छ । सम्पूर्ण नाकाबन्दीलाई तोड्दै आज क्युबा गरिबबाट सम्पन्न मुलुक भएको छ ।
६० वर्षदेखि अमेरिकाका धुरी राष्ट्रहरूको नाकाबन्दी सहेर कसरी एउटा गरिब मुलुक सम्पन्न र अर्गानिक बन्यो भन्ने उदाहरण क्युबाले हामीलाई भन्छ ।
सोभियत संघ र पूर्वी युरोपको विघटनपछि कसरी क्युबाले फिडेल, राउल क्यास्ट्रो र जनताको साथमा समाजवादको नयाँ यात्रा सुरु ग¥यो भन्ने जान्न र कम्युनिज्मको सफलता र विफलताको इतिहास बुझ्न क्युबाको विगत र वर्तमानको अध्ययन उपयोगी हुन सक्छ ।
क्युबाली नेतृत्व र जनताले देश बनाउन लडेको लामो लडाइँ र आर्थिक रूपान्तरणका लागि मौलिक बाटोको खोजीमा नेतृत्वले गरेको साधना उजागर गर्छ ।
सन् १९९० मा सोभियत संघ विघटनपछि क्युबा बचाउन कसरी फिडेलले डिजेल र पेट्रोलको विकल्पमा चीनबाट ५० हजार साइकल ल्याए, संकटका बेला गाउँ र सहरको कृषकको रैथाने ज्ञानलाई जग बनाएर क्युबालाई विश्वमा पहिलो विषादीरहित अर्गानिक मुलुक बनाए भन्ने लोभलाग्दो नवीन इतिहास, वैकल्पिक सोच, फरक चिन्तन र व्यवहार जोकसैलाई प्रेरणादायी लाग्छ ।
क्युबाले स्वास्थ्य र शिक्षाक्षेत्रमा हासिल गरेको अभूतपूर्व सफलता र विश्वको जुनसुुकै भूगोलमा फैलिने रोगको महाप्रकोपका बेला क्युबाली चिकित्सक र स्वास्थ्यकर्मीले गरेको उच्च मानवीय सेवा विश्वमै प्रशंसनीय छ ।
चेको जन्म सन् १९२८ जुन १४ मा अर्जेन्टिनाको टोसारियोे सहरमा एउटा इन्जिनियर परिवारमा भएको थियो । उनको आमाको निधन क्यान्सररोगको कारणले भएको थियो । चे आफैं दमका रोगी थिए । उनी परिवारको इच्छाविपरीत इन्जिनियर नभई डाक्टर भएका थिए ।
( क्रान्तिनायक चे ग्वेभारालाई सन् १९६७ को अक्टोबर ९ ९असोज २२ गते बोलिभियाको जंगलमा अमेरिकाको जासुसी संस्था सिआइएको आदेशमा हत्या गरिएको थियो )



















































































































































































































