३ श्रावण २०८३, आईतवार

 

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली नियुक्त

सरकारले नेपाल स्टक एक्सचेन्ज नेप्से अध्यक्षमा दीर्घराज मैनालीलाई नियुक्त गरेको छ । अर्थ मन्त्रालयले सोमबार मैनालीलाई नियुक्ति दिएको हो।

मैनाली हाल मन्त्रालयमा वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख छन् । उनी यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक थिए । यसअघि नेप्से अध्यक्षमा लक्ष्मण न्यौपाने रहेका थिए । उनको कार्यकाल सकिएपछि मैनालीलाई जिम्मेवारी दिएको हो ।

मन्त्रालयले नेप्सेमा तत्काल काम कारबाही नरोक्नका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung