३ श्रावण २०८३, आईतवार

 

जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस्

जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज आइपीओ बाँडफाँट भएको हो । यस आइपीओमा गोला प्रथा मार्फत् १ लाख ८४ हजार ८०१ जनाले सेयर हात पारेका छन् ।

जसमध्ये जसमध्ये १ लाख ८४ हजार ७९६ जनालाई १० कित्ता र ५ जनालाई ११ कित्ताका दरले सेयर दिइएको छ । कम्पनीले सर्वसाधारणलाई १८ लाख ४८ हजार १५ कित्ता सेयर बाँडफाँट गरेको हो ।

जीवन विकासले असार ११ गतेदेखि १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेकामा ० दशमल ५ प्रतिशत अर्थात् ३० हजार ४२० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डका लागि छुट्याएको थियो । यस आइपीओमा हालसम्मकै उच्च आवेदन परेको छ । बिक्री प्रबन्धकका अनुसार कुल २० लाख ८७ हजार ३१७ जना लगानीकर्ताले आवेदन दिएकामा २० लाख १८ हजार ३०८ जनाको आवेदन मात्र योग्य ठहरिएको छ । ६९ हजार ९ जना लगानीकर्ताको आवेदन रद्द भएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung