३ श्रावण २०८३, आईतवार

 

युनियन लाइफको आईपीओमा कति जनाले दिए पहिलो दिनमा आवेदन ?

युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा पहिलो दिनमै ८२ करोड ४७ लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन परको छ । सीडीएसका अनुसार साँझ ५ बजेसम्ममा ४ लाख ६१ हजार ३५६ जनाले ८२ लाख ४७ हजार ८८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५८ लाख ५ हजार कित्तालाई आधार मान्दा १.४२ गुणा बढी आवेदन हो ।

युनियनले आज बिहीबार (असार २४ गते) देखि ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । यसले प्रतिकित्ता १०० रुपैयाँको दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । जसमध्ये ५ प्रतिशत (३ लाख २२ हजार ५ सय कित्ता) कर्मचारी र ५ प्रतिशत (३ लाख २२ हजार ५ सय कित्ता) म्युचुअल फन्डको लागि छुट्याइएको छ ।

बाँकी ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ताको लागि आवेदन दिन सकिनेछ । यस आइपीओमा असार २८ गतेसम्म सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यस आइपीओलाई इक्रा नेपालले आइआर बीबीबी रेटिङ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung