२० भाद्र २०८३, शनिबार

 

सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटन बदर

सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

प्रधानन्यायाधीश जबरा नेतृत्वमा न्यायाधीश दीपक कार्की, मीरा खड्का, इश्वर खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले प्रतिनिधि सभा पुनःस्थापना गरेको हो ।  सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुनः स्थापित भएको छ ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung