२७ बैशाख २०८१, बिहीबार

 

प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिर पुग्ने नयाँ पदमार्ग निर्माण

राष्ट्रिय गौरभको आयोजना कालिगण्डकी करिडोरबाट प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिर पुग्ने पैदल यात्रीलाई लक्षित गरी पदमार्ग निर्माण गरिएको छ । कालिगण्डकी करिडोरको मालढुङगाबाट कालिका मन्दिर जाने बाटो रेलिङ सहित व्यवस्थित बनाएपछि पैदलयात्रीलाई सहज भएको छ ।

धार्मिक तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उदेश्यले नेपालकै प्रसिद्ध धार्मिक शक्तिपिठ कालिका भगवती मन्दिर जाने नयाँ पदमार्ग निर्माण गरिएको छ । राष्ट्रिय गौरभको आयोजना कालिगण्डकी करिडोरबाट मन्दीर पुग्नको लागी नयाँ पदमार्ग निर्माण गरिएको हो ।

बागलुङ नगरपालिका वडा नम्बर १ मालढुंगा देखि कालिका भगवती मन्दिर सम्म पैदल हिड्नको प्रदेश सरकारको सहयोगमा १ सय ६५ मिटर पदमार्ग निमार्ण गरिएको छ । १५ लाख रुपैयाँबाट पदमार्ग निर्माण गरिएको स्थानीय उपभोक्ता समितिका अध्यक्ष घनश्याम उपाध्यायले बताए । पुरानो पैदलमार्ग बागलुङ पोखरा राजमार्ग निर्माण भएपछि अलपत्र परेका थियो ।

पैदलयात्रा गर्नेहरुको लागि बर्खामा भलले बाटो भत्काइदिँदा आवतजावतमा समस्या हुँदै आएको थियो । पदमार्ग बनेपछि आवतजावतमा सहज भएको बागलुङ नगरपालिका १ का वडा सदस्य सुर्य लामिछानेले बताए । परम्परागत रूपमा हिडिँने पैदलमार्ग समय घटनाक्रम संगै ओझेलमा परेको थियो ।

अहिले रेलिङ सहितको पदमार्ग निर्माण भएपछि कालिका भगवती मन्दिर र कालीगण्डकी नदि स्नान गर्न जान आउन सहज हुने मात्रै हैन धार्मिक पर्यटक समेत बढ्ने कालिका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए ।

निर्माणधिन अवस्थामा रहेको छिमेकी मुलुक भारत र चीन जोड्ने कालिगण्डकी करिडोर निर्माण सम्पन्न भएमा भारतीय नागरिकहरु मुक्तिनाथ मन्दिर दर्शन गर्न जान र चिनियाँ बौद्धधर्मावली लुम्बिनी पुग्न सहज हुने भएको छ ।

सोही सडकको मध्य भागमा पर्ने मालढुंङगावाट ३ किलोमिटर पार गरेपछि प्रसिद्ध कालिका मन्दिर पुग्न सकिने भएकोले मन्दिरसम्म जाने रेरिङ सहितको पदमार्ग बागलुङ प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षण केन्द्र बन्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्