२७ बैशाख २०८१, बिहीबार

 

गण्डकीका पर्यटनमन्त्री शर्माको निर्णय– पर्यटन व्यवसायीलाई खोप र एक करोडको राहत प्याकेज

गण्डकी प्रदेशका नवनियुक्त पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पर्यटन क्षेत्रका व्यवसायी र कर्मचारीलाई खोप लगाउन सहजीकरण गर्ने निर्णय गरेका छन् ।

पदभार ग्रहणपछि दुई निर्णय गरेका उनले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसाय र त्यहाँ कार्यरत मजदुरलाई खोपको प्राथमिकतामा राख्ने जनाएका हुन् ।

यस्तै शर्माले पर्यटन व्यवसायीका लागि एक करोडको राहत प्याकेज विनियोजन गर्ने निर्णय गरेका छन् । पदभार ग्रहणपछि उनले कर्मचारीलाई उच्च मनोबलसहित काम गर्न निर्देशन दिएका छन् । ‘कर्मचारी नै स्थायी सरकार हुनुहुन्छ,’ उनले भने, ‘सेवाग्राहीको आवश्यकता सम्बोधन गर्ने गरी काम गर्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस्