सानिमा लाइफ इन्स्योरेन्सले जारी गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्कासनमा ल्याएको सेयर शनिबार बाँडफाँट गरेको छ ।
कम्पनीको आइपीओ मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले सेयर वितरण भएको हो । जसअनुसार ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत् १० कित्ताको दरले सेयर पाएका छन् भने साढे १७ लाख ६८ हजार १२२ जनाको हात खाली भएको छ।
साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आइपिओ विक्री खुला गरेको थियो।
सानिमाको आइपिओमा २४ लाख १९ हजार ८४८ जनाको आवेदन परेको थियो। त्यसमध्ये २३ लाख ८ हजार १२२ योग्य आवेदन परेको थियो भने एक लाख ११ हजार ७२६ जनाको आवेदन रद्द भएका छन्।
२०७४ मंसिरबाट यो कम्पनीले कारोबार सुरू गर्दै आएको छ। चैत मसान्तसम्म कम्पनीले ९ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। सो अवधिसम्म खुद १ अर्ब ४४ करोड बीमा शुल्क आर्जन गरेको छ।
आब ०७७७८ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ११६ रूपैयाँ ७४ पैसा र प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७३ पैसा अनुमान छ।
रिजल्ट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिन्छ।













































































































































































































