४ श्रावण २०८३, सोमबार

 

बागलुङमा गाईजात्रा पर्व मनाइयो

कोरोना जोखिमकै बिच बागलुङमा गाईजात्रा पर्व तायाः मचा नाच मनाइएको छ । स्वास्थ्य मापदण्ड पालन गरी नेवार समुदायले गाईजात्रा  पर्व तायाः मचा नाच मनाएका हुन् ।

विगतमा भव्य रुपमा मनाइने पर्व कोरोनाको कारण बागलुङ बजारको नारायणचोकमा सिमित गरी मनाइएको हो । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज संस्कृति जोगाउनको लागि कोरोना जोखिम बिच स्वास्थ्य मापदण्ड पालन गरी मनाइएको नेपाल भाषा मंकाःखलका सचिव सुदीप राजभण्डारी बताए ।

आजको दिन एकवर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी तायमचा बनाएर नारायणचोकमा परिक्रमा गराइएको थियो ।

बागलुङ सदरमुकाममा बसोबास गर्दै आएका नेवार समुदायका व्यक्तिको मृत्यु भएपछि तिनै मृतकको संझनामा मृत्यु भएको परिवारको घरघरबाट तायाः मचा नाच  निकालिएको हो ।बागलुङ सदरमुकाम भित्र यस वर्ष मृत्यु भएका १४ घर परिवार र लक्ष्मीनारायण मन्दिरबाट भगवानको दुईवटा गरि १६ वटा तायमचा प्रर्दशन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung