३० आश्विन २०८३, शुक्रबार

 

खोप लगाएको १३ दिनपछि कोरोना संक्रमितको मृत्यु

बागलुङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१२ का ७२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार ती पुरुषलाई भदौ ३ गते संक्रमण भएको थियो ।

उनले साउन २६ गते कोरोना संक्रमण विरुद्धको पहिलो डोज खोप लगाएका थिए । उनलाई संक्रमणसँगै अन्य रोगबाट समेत ग्रसित भएको स्वास्थ्यकर्मीको भनाई छ । उनको सोमबार राति ११ः१५ मा मृत्यु भएको थियो । यससँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung