३ श्रावण २०८३, आईतवार

 

सेयर खरिद विवादमा तानिएका नेप्सेका सीईओले दिए राजीनामा

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । सर्वोत्तम सिमेन्टको ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेका सीईओ विवादमा तानिएपछि राजीनामा दिएका हुन् ।

मंगलबार अर्थ मन्त्रालयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको उपस्थितिमा उनले राजीनामापत्र बुझाएका छन् । उनले कुनै पदीय मर्यादा विपरीत काम नगरेको भन्दै सेयर पनि कानुनअनुसार नै किनेको दाबी गरेका छन् ।

मन्त्रालयले समेत साउदलाई स्पष्टीकरण सोधेको थियो । संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

नियामक निकायको नेतृत्वमा बसेर भित्री सूचनाको आधारका सेयर किनिएको भन्दै सांसदहरूले छानबिन भएर दोषीमाथि कडा हुनुपर्ने बताउँदै आएका थिए ।  साउदको कार्यकाल अझै करिब ३ महिना बाँकी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung