४ श्रावण २०८३, सोमबार

 

भोलिदेखि फिल्म हलहरु सञ्चालन गर्न दिने प्रशासनको निर्णय

काठमाडौं उपत्यकामा फिल्म हलहरु भोलिदेखि सञ्चालनमा आउने भएका छन् । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले कोभिड प्रोटोकल पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिइएको बताए । ‘स्मार्ट लकडाउनको कार्यविधिअनुसार फिल्म हल खुलाउन अनुमति दिएका हौं’ सीडीओ पराजुलीले भने ।

उनले प्रशासनको आदेशको पालना भए नभएको अनुगमन गर्ने समेत निर्णय भएको जनाए । सीडीओको बैठकले जारी निषेधाज्ञालाई भदौ मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो। असार दोस्रो सातादेखि निषेधाज्ञा क्रमश खुकुलो बनाउँदै लगिएपनि केही व्यवसाय सञ्चालनमा भने रोक लगाइएको थियो।

बिहीबारदेखि भने सबै प्रकारका व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए । भोलिदेखि पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, स्वीमिङ पुल, मनोरञ्जल स्थलजस्ता व्यवसाय सञ्चालनमा आउने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung