२१ बैशाख २०८१, शुक्रबार

 

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको अध्यक्षमा राजभण्डारी

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको अध्यक्षमा मुकेशचन्द्र राजभण्डारी चयन भएका छन् । मंगलबार भएको दोस्रो अधिवेशनबाट राजभण्डारी अध्यक्षमा सर्वसम्त रूपमा चयन भएका हुन् ।

उनको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएकाे छ ।

जसको उपाध्यक्षमा गगन पुन (बानपा), कौशिला घर्ती (गलकोट), सुरज विक (ढोरपाटन), भीम घर्ती (ताराखोला) र प्रकाश शर्मा (जैमिनी) चयन भएका छन् ।

आज सम्पन्न अधिवशेनबाट महासचिवमा गोकुल कँडेल, सचिवमा प्रकाश रखाल, सह–सचिवमा तुलसीनारायण भारी, कोषाध्यक्षमा मनकाजी विश्वकर्मा र सह–कोषाध्यक्षमा नरबहादुर केसी चयन भएको संगठनका निर्वतमान अध्यक्ष राजबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार कमला पुन (निसी), नरकुमार गोतामे (तमान), गीता खड्का (बानपा), राजु खड्का (बानपा), हिटायत हुँसेन (बानपा), गोविन्द सुवेदी (जैमिनी), अजय मलेपति (बानपा), डोरबहादुर खड्का (बडिगाड), तिलबहादुर खत्री (बडिगाड), जगबहादुर राना (काठेखोला), टेकबहादुर धमाल (बानपा), बलबहादुर थापा (बरेङ), दुर्गा विश्वकर्मा (बानपा) र राजन सापकोटा (बानपा) चयन भएका छन् ।

१० सदस्यीय सल्लाहकार समिति
संगठनले ९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।  लालचन्द्र राजभण्डारीकाे संयाेजकत्वमा १० सदस्यीय सल्लाहकार समिति गठन गरिएकाे छ । जसकाे सदस्य रतन मलेपति, ईश्वर मलेपति, अनुप श्रेष्ठ, बद्री सापकोटा, अर्जुन चोखाल, बद्री शर्मा, मनोविज्ञान श्रेष्ठ, निर्मलबहादुर श्रेष्ठ र पूर्ण रेग्मी रहेका छन् ।

यस्तै, महिला उद्यमीमा ललिता थापाको संयोजकत्वमा तीन सदस्य कमिठी गठन गरिएको छ । नरमाया पुन र सम्झना श्रेष्ठ सदस्य रहेका छन् ।

तीन केन्द्रीय र चार प्रदेश प्रतिनिधिमा सिफारिस
आज सम्पन्न अधिवेशनले रतनप्रसाद मलेपति, राजबहादुर थापा र सुन्दरी श्रेष्ठलाई  नेपाल  राष्ट्रिय उद्याेग व्यापार संगठनकाे केन्द्रीय प्रतिनिधिमा सिफारिस  गरेकाे छ ।  यस्तै, गण्डकी प्रदेश प्रतिनिधिमा अर्जुन चोखाल, चिनिमाया काला, मनोज थापा र जशोदा शर्मालाई सिफारिस गरेको अध्यक्ष राजभण्डारीले जानकारी दिए ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्