३ श्रावण २०८३, आईतवार

 

सेयर बजारमा पहिरो, यी ८ कम्पनीको मात्रै बढ्यो मूल्य

साताको पहिलो दिन आइतबार सेयर बजारमा ६१ अंकको पहिरो गएको छ । ६१.२ अंकले घटेर बजारको परिसूचक २७५८ अंकमा कायम भएको छ। यस दिन जम्मा ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भयो।

म्युचुअल फण्डबाहेक सबै समूहहरु घटेका छन् । बैंकिङ १८, ब्यापार ९८, होटल तथा पर्यटन ८८, विकास बैंक १३०, जलविद्युत १३५, फाइनान्स १५६, निर्जीवन बीमा ३५६, उत्पादन ११६, अन्य ४४, माइक्रोफाइनान्स १२०, जीवन बीमा ३७१ र लगानी समूह ३ अंकले घटे।

यस दिन ८ कम्पनीको सेयर मूल्य मात्रै बढ्यो । १७६ कम्पनीको मूल्य घटेको छ। मनकामना स्मार्ट लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

मैलुङखोला जलविद्युतको मूल्य ६ प्रतिशतले बढेको छ । कामना सेवा विकास बैंक, युनिलिभर, मेगा बैंक, बैंक अफ काठमाण्डु, एभरेष्ट बैंक (साधारण र कन्भर्टिवल सेयर) आशा लघुवित्तको मूल्य सामान्य बढेको छ।

आइसिएफसी फाइनान्सको मूल्य सबैभन्दा धेरै ८.९ प्रतिशतले घटेको छ । घलेम्दी हाइड्रोपावर, मल्टिपर्पोज फाइनान्स, बेस्ट फाइनान्सको मूल्य ७.६ प्रतिशत बढीले घट्यो।

कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ३३ करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भयो।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung